काठमाण्डौँ । पाँचथरको फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा रहेको नेवा खोलामा आएको पहिराले बगाएर शुक्रबार तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी विष्णु राई, उनकी छोरी सुस्मिता र नातिनी प्रथा राई छन् । उनकै घरबाट झरेको पहिराले विद्युतगृहको हेरालु बसेका उनीहरुलाई थिचेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको शव अहिलेसम्म निकाल्न सकिएको छैन ।
नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अहिले उक्त क्षेत्रमा उद्धार गरिरहेको भैरवी दल गण ओदिन ब्यारेकका गणपति शिवराम पन्तले जानकारी दिए । पहिराबाट राईको घर बगेको तथा स्थानीयवासीको एक हल गोरु, दुई गाई र नौ खसीबाख्रा मरेका छन् । पहिराबाट उक्त ठाउँमा आठ घर जोखिममा रहेको स्थानीयवासी दीपशन चौहानले जानकारी दिए ।
यसैगरी फालेलुङ गाउँपालिका–२ एकतिनको चुक्पादिनमा पहिराले थिचेर एक व्यक्तिको मृत्यु भएको छ भने तीन घर पुरेको छ । मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक छन् । अहिले दुवै क्षेत्रका पीडितलाई सुरक्षित स्थानतर्फ सार्ने र राहत सामाग्री लैजाने कार्य भइरहेको गणपति पन्तले जानकारी दिए ।
प्रतिक्रिया