पोखरा । नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेपश्चात निलम्बित भएका गण्डकीका प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा कानुनी उपचारमा जाने भएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै देवकोटाले न्यायका लागि सर्वोच्च अदालत जाने बताए । माओवादीको कारबाहीलाई उनले संवैधानिक र राजनीतिक रूपले गलत रहेको बताए ।
उनले माओवादीको यो कदमविरुद्ध हरेक लडाइँ लड्ने बताए । माओवादीले आफ्नो पछाडि नहिँडेका कारण कारबाही गरेको उनको प्रतिक्रिया थियो।
प्रतिक्रिया