काठमाडौं, २७ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुद– २०७५ सचिवालय गठन गरिएको छ । अर्को बर्ष मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुद आयोजना तयारी अनुगमन, निरिक्षणलगायतका कार्य गर्नका लागि अत्यवाश्यक भएको उल्लेख गर्दै ओलम्पियन समेत रहेका हमालको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको राखेपले जनाएको छ ।
सचिवालयका सदस्यमा राखेपकी सदस्य शान्ति सिंह, राखेपका सदस्य विनोद मैनाली, राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहाल र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली रहेका छन् । सचिवालयको सचिवको जिम्मेवारी राखेपका प्रशासकीय अधिकृत ईन्द्रबहादुर कार्कीलाई दिइएको छ ।
प्रतिक्रिया