काठमाडौं । ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८० मा गीतकार चुडामणि देवकोटालाई ‘म्यूजिक खबर दीर्घ साधना सम्मान’ अर्पण गरिने भएको छ । आगामी जेठ २५ गते सम्पन्न हुने यस अवार्डमा कवि तथा गीतकार देवकोटालाई गीतसंगीत र साहित्य क्षेत्रमा पु¥याएको योगदानको सम्मानस्वरुप ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गर्न लागिएको हो । गोरखाको फुजेलमा जन्मिएका कवि तथा गीतकार देवकोटा विगत ५ दशकभन्दा लामो समय यस क्षेत्रमा सक्रियता रहेको कारण म्यूजिक खबरको आयोजक तथा सल्लाहकारको बैठकबाट दीर्घ साधना सम्मान अर्पण गर्ने निर्णय भएको हो । उक्त बैठकबाट म्यूजिक खबर म्यूजिक अवार्डले नियमित रुपमा गर्दै आएको अन्य सम्मानहरुको पनि घोषणा गरिएको छ ।
पप सम्राट भनेर चिनिने गायक ओमविक्रम विष्टलाई ‘म्यूजिक खबर डायस्पोरा सङ्गीत सम्मान’ अर्पण गर्न लागिएको छ । नेपाली गीतसंगीत, कला साहित्यमा ५ दशकभन्दा लामो समय सक्रिय रही पछिल्लो समयमा अमेरिकामा बस्दै आएका गायक बिष्ट प्रसिद्ध गायक हुन । त्यसैगरी तीन दशक लामो समयदेखि निरन्तर गायन, संगीत सिर्जना एवं संगीत संयोजकको भूमिकामा आफूलाई निरन्तर सक्रिय राख्दै आएका अशोक कुमार राईलाई ‘म्यूजिक खबर रजत सङ्गीत सम्मान’ अर्पण गरिने भएको छ ।
त्यस्तै लोक गायक गायक राजु परियार र लोक गायिका गायिका रिता थापा मगरलाई यस वर्षको म्यूजिक खबर दशक संगीत सम्मान अर्पण गरिने भएको छ । त्यसैगरी गायक बैकुण्ठ महतलाई ‘म्यूजिक खबर युवाप्रतिभा संगीत सम्मान’ अर्पण गर्ने निर्णय भएको छ । कार्यक्रममापत्रकार डब्बु क्षत्रीलाई ‘म्यूजिक खबर सङ्गीत पत्रकारिता सम्मान’ र सञ्चारकर्मी सुदर्शन प्रसाद आचार्य लाई ‘म्यूजिक खबर सङ्गीत सञ्चारकर्मी सम्मान’ अर्पण गर्ने निणर्य भएको छ भने गायक अशोक दर्जीलाई बालप्रतिभा प्रोत्साहन सम्मान अर्पण गरिने भएको छ ।
११ औं म्यूजिक खबर म्यूजिक अवार्डको टाइटल स्पोन्सर श्रीकेश तेल रहेको छ ।
प्रतिक्रिया