देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राध्यापकले गरे तालाबन्दी

देशान्तर

काठमाडौं । अठार दिनदेखि अनसन बस्दा पनि माग पूरा नभएपछि आंशिक प्राध्यापकले बिहीबार त्रिभुवन विश्वविद्यालयका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरिएको आंगिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिए । बिहीबारदेखि आंशिक प्राध्यापकले पठनपाठन पनि बहिष्कार गरेको उनले बताए ।

वर्षौदेखि आंशिक रुपमा पढाइरहेका प्राध्यापकलाई करार नियुक्त गर्नुपर्ने लगायत माग राखेर आंशिक प्राध्यापकले १८ दिनदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय बाहिर रिले अनुसन बसिरहेका छन् । यसैबिच नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकका मागमा ऐक्यबद्धता जनाएको छ ।

एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आन्दोलनरत दुवै पक्षसँग वार्ता गरी तत्काल माग पूरा गर्न सरकारसँग माग गरेको सचिव रमेश सिलवालले जानकारी दिए ।