काठमाडौं । पुस्तक तथा प्रकाशन एवं पठन संस्कृतिको विकास गर्न भन्दै बिहिवारबाट राजधानिमा २१ औँ नेपाल अन्तराष्ट्रिय पुस्तक प्रदर्शनी शुरु भएको छ । “पढ्नलाई प्रेरणा” भन्ने नाराका साथ आज देखि ३२ गते सम्म भृकुटीमण्डपमा प्रदर्शनी चल्ने आयोजक ग्लोब एक्सपोजिसनले जनाएको छ ।
ग्लोबल एक्श्पोजिसनको आयोजना तथा नेपाल पुस्तक तथा स्टेशनरी महासंघको सहकार्यमा गरिएको वार्षिक मेलामा पुस्तक तथा प्रकाशन सम्बन्धि विभिन्न आयामहरू प्रदर्शनी, बिक्री एवं दैनिक सुचनामूलक कार्यक्रमहरू राखिने बताइएको छ ।
मेलामा पुस्तक, प्रदर्शन र हालको बजार शैली सम्वन्धि अवलोकनकर्ताहरुले जानकारी प्राप्त गर्न सक्ने छन् । करिब ६० वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको फरक–फरक विधाका पुस्तकहरू विभिन्न उमेर समुहका पाठकहरूलाई लक्षित गरी प्रर्दशनीमा राखिने भएको छ । एक हप्ता सम्म चल्ने पुस्तक मेलामा ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।
प्रतिक्रिया