प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य तोकेको समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । आज दिउँसो मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिँदै प्रधानमन्त्री देउवाले यसमा सरकारबाट गर्नुपर्ने सहयोग दिन तयार रहेको बताए ।
काठमाण्डौ उपत्यका नेपालको राजधानी मात्र नभई धेरै किसिमले महत्वपूर्ण ठाउँ भएकाले यहाँ शुद्ध खानेपानीको अति आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले काठमाण्डौवासीले छिटोभन्दा छिटो शुद्ध खानेपानी पाउनुप¥यो, यही काममा तपाईंहरु लाग्नुस्, भने ।
कूल साढे २७ किलोमिटर सुरुङसहितको मेलम्ची खानेपानी परियोजना आगामी पुस महिनाभित्र निर्माण सम्पन्न हुने गरी द्रुत गतिमा काम भइरहेको छ । अब दुई दशमलव १ ९ किलोमिटर मात्र सुरुङ खन्न बाँकी छ । हाल चार स्थानबाट सुरुङ खनिरहेको परियोजनाले दैनिक सरदर ९५ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ ।
कूल साढे २३ अर्ब लागत भएको उक्त परियोजनामा २२ अर्ब ३४ करोड खर्च भइसकेको आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिए । आयोजना निर्माण सन् २०१८ मार्चसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।
यसैबीच सिँचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समयमै सम्पन्न गर्नु पर्नेमा जोड दिए । उनले यी आयोजनाहरु एउटै छाता मुनि राखेर मेगा प्रोजेक्ट तयार पार्नुपर्ने धारणा पनि राखे ।
सुर्खेतमा निर्माणाधिन भेरी–बबई डाइभर्सनको हेडवर्क्स र कर्णाली चिसापानीमा निर्माण भएको रानी जमरा सिँचाइ आयोजनाको आज स्थलगत निरीक्षण गर्दै सिंचाइ मन्त्री गौतमले यस्तो धारणा राख्नुभएको हो । नेपाल सरकारले राप्ती र कर्णाली नदीमा विभिन्न ४ वटा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गरेको छ ।
प्रतिक्रिया