काठमाडौं । अनामनगरको धोबीखेला किनार मदन भण्डारी कलेजको विपरीततर्फ एउटा कार्यालय छ मल्टिम्याट मुभी हाउस जहाँ अँध्यारो कोठामा बसेर म्युजिक भिडियो र चलचित्रलाई जीवन्त बनाउँदै रंगरोगन गर्दै उज्यालो बनाउदै गरेका भेटिन्छन् जीवन थापा ।
थापा विगत १८वर्षदेखि मोसन ग्राफिक्सको अध्ययन र प्रयोग गर्दै आएका नेपालका अब्बलसम्पादक, मोसनग्राफरअर्थात् पर्दा पछाडिको हिरो हुन् । नेपालका अब्बल निर्देशकहरूले गरेको कामलाईआफ्नो कलामार्फत एक तह माथि पु¥याउने कालिगढ पनि हुन् उनी । उनले म्युजिक भिडियो निर्देशन, सम्पादन, सँगै चलचित्रको मोसनग्राफी र भीएफएक्स गर्दै आएका छन् ।
पुख्र्यौली पाल्पा त्यसपछि चापाकोट स्याङ्जाका स्थायी बासिन्दा हाल टोखा बस्दै आएका जीवन पोखरा हुँदा सांगीतिक ब्यान्डमा आबद्ध थिए ।एनिमेसनमा रुचि राख्ने उनी काठमाडौं आएपछि विश्वदीप लामिछानेको स्टुडियोमा बसेर धेरै कुरा सिक्न पाए । सम्पादनको किताब खोजेर स्वअध्ययनबाटै सिकेका उनले हिमालय टिभी, टीभी फिल्मीमा पनि एनिमेसनको जागिर खाए । मल्टिम्याट मुभीहाउसका प्रमुख रहेका थापाले दुई, तीनसयको हाराहारीमा म्युजिक भिडियो सम्पादन गरिसकेका छन् ।तीमध्येपानी प¥यो असिना झ¥र्यो, म हराएजस्ता गीत हिट नम्बरभित्र पर्छन् । यस्तै, थापाले सम्पादन, रंग संयोजन रमोसन ग्राफिक्स गरेका झन्डै तीन दर्जन चलचित्रहरूमध्ये केही चलचित्र सुपरहिट भित्र पर्छन् ।चलचित्र शत्रुगते, जात्रा, सेल्फी किङ,दालभात तरकारी, प्रसाद, प्रकाशजस्ता बक्स अफिसमा सुपरहिट चलचित्रमा उनले आफ्नो कला देखाएका छन् । त्यसैले उनी चलचित्रका अब्बल मेकअप म्यान हुन् ।
आजसम्मको आफ्नो अनुभव र अध्ययनलाई प्रयोग गर्दै उनले अहिले हलिबुडमा काम गरेका प्राविधिकहरूलाई जोडेर ठूलो बजेटको चलचित्र ऐरी बनाउने तयारीमा छन् । आफ्नै कथा र निर्देशन रहने ऐरीलाई उनी नेपालमा अहिलेसम्म नबनेको उच्चतम प्रविधिकोप्रयोग गरिएको ठूलो क्यानभासको चलचित्र बनाउने बताउँछन् । डेढ वर्षदेखि होमवर्कमा रहेको अभिनेता प्रदीप खड्कासहितको टिम रहने यो चलचित्र दसंैमा फ्लोरमा जाने र अर्को वर्ष प्रदर्शनमा ल्याउने उनको तयारी छ । यो चलचित्रलाई लिएर उनी उत्साहित त छन् नै चुनौतीका कारण डर पनि रहेको देशान्तरलाई बताएका छन् ।
काममा व्यस्त रहने शान्त स्वभावका जीवनको काम बजारमा अब्बल भए पनि धेरैले उनलाई चिन्दैनन् । सञ्चारमाध्यमको आँखामा नपरेका जीवनले कुराकानीका क्रममा देशान्तरसँगको कुराकानीनै मिडियासँगको पहिलो कुराकानी भएको खुलाए । उनले आफूलाई अब्बल सावित गर्दैइमेज अवार्ड, एलजी सिने सर्कल अवार्ड, डी सिने अवार्ड, लक्की सिने अवार्डलगायतमा सर्वोत्कृष्ट सम्पादकको अवार्ड चुमेका छन् भने उनी चलचित्र प्राविधिकहरूसँग सम्बन्धित संघसंस्थामा विभिन्न पदमा रहेर काम गर्दै आएका छन् ।
प्रतिक्रिया