देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘राष्ट्रिय महिला मादल वादन प्रतियोगिता’मा मध्यपश्चिम प्रथम र तृतीय

देशान्तर


काठमाडौं । नेपालमै पहिलोपटक आयोजना गरिएको ‘राष्ट्रिय महिला मादल वादन प्रतियोगिता’मा मध्यपश्चिम प्रथम र तृतीय हुँदा काभ्रे पलान्चोक दोस्रो भएको छ । प्रतियोगितामा सल्यानकी सुशीला बुढामगर प्रथम भइन् हुँदा काभ्रेपलाञ्चोककी सुकिमाया मोक्तान दोस्रो र दाङकी रीता बुढाथोकी तेस्रो भएका हुन् । सुर्खेतकी विमला गिरी सान्त्वना हुन सफल भइन् । तीनै विजेताले पुरस्कार क्रमशः ५५ हजार, ३५ हजार, २५ हजार नगदको साथमा ट्रफी र प्रमाणपत्रसमेत हात पारे ।
‘नारीको कला, नारीको सान’ भन्ने मूल नारासहित कर्णाली कलाकार प्रतिष्ठान,को आयोजनामा राजधानीको जमलस्थित सांस्कृतिक संस्थानको हलमा गत वैशाख २७ गते भएको प्रतियोगितामा २७ प्रतिस्पर्धीले स्पर्धा गरेका थिए ।


१९ वर्षदेखि ७१ वर्षसम्मका प्रतिस्पर्धीहरू सहभागी प्रतियोगितामा ७१ वर्षीय कोलीकुमारी कुँवरलाई विशेष प्रतिभा सम्मान, देवकुमारी देवकोटालाई पब्लिक च्वाइस सम्मान र जस्मिन कपालीलाई युवा प्रतिभा सम्मान प्रदान गरिएको थियो ।

वरिष्ठ मादलवादक खड्ग बुढामगर निर्णायक संयोजक रहेको प्रतियोगितामा वरिष्ठ कलाकार प्रेमदेब गिरी, वाद्यसम्राट् न्हुक्षेबहादुर डंगोल, वरिष्ठ तबलावादक सरिता मिश्रलगायत निर्णायकको रूपमा रहेका थिए । कार्यक्रमको संयोजन संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ टीका पुनले गरेकी थिइन् । –प्रशिक्षार्थी पत्रकार अनुराधा खडका