देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुम्दै गएको लोकप्रियतको पुनर्बहाली 


फागुन ७, २००७ सालपूर्र्व युवाहरूको कांग्रेसप्रति आकर्षित हुनुका प्रमुख कारण निरंकुश राणाशासनको अन्त गरेर प्रजातान्त्रिक पद्धतिको शासन व्यवस्था स्थापना गर्नका निमित्त थियो । त्यस कालखण्डमा कांग्रेस परिवर्तनकारीहरूको जमातको थियो । यो दल देशमा राजनैतिक, आर्थिक तथा सामाजिक परिवर्तन ल्याएर नागरिकको जीवनमा आमूल परिवर्तन ल्याउन कटिबद्ध थियो । जसको जोत उसैको पोत । जात, भात तथा छुवाछूतजस्ता सामाजिक कुप्रथाको अन्त । कानुनी शासन प्रणाली आदि । समतामूलक आर्थिक विकास आदर्श बोकेको थियो कांग्रेसले । जुन कालखण्डमा कांग्रेसले जग बसाल्यो त्यस कालखण्डमा राणा शासनको विरोध गर्नु भनेको अत्यन्त जोखिमपूर्ण कार्य थियो । प्राणको आहुति दिन तयार हुनु पथ्र्यो । आफ्नो मात्र नभएर समस्त आफन्तको जीवनमा क्षति पुर्‍याउन सक्ने कार्य । जीवनलाई जोखिममा राखेर देशमा परिवर्तन ल्याउन कटिबद्ध पात्रहरूबाट भरिपूर्ण थियो त्यस बेलाको कांग्रेस । यातायात तथा सञ्चार बिमुख देशमा स्वतःफुर्त गाउँगाउँमा युवाहरू कांग्रेस भए समर्थिकमा परिणत भएका थिए । त्यस कालखण्डमा कांग्रेससँग आबद्ध समाज तथा राष्ट्रलाई योगदान गर्न कटिबद्ध हुने मात्र थिए । 

राजा महेन्द्रले पुस १, २०१७ का दिन सेना परिचालन गरेर सत्ता आफ्नो हातमा लिए पछिका दिन पुनः देशमा राणाकालीन भयको वातावरण छायो । तर, पनि युवा तथा विद्यार्थीका निमित्त कांग्रेस हुनु एक प्रकारको विद्रोही तथा परिवर्तन पक्षधर कित्तामा आफूलाई उभ्याउनु थियो । राजाको शासनविरुद्ध लडेर देशमा प्रजातन्त्रको पुनस्र्थापना गर्न अग्रसर क्रान्तिकारीहरूको जमातमा परिणत भएको थियो यो दल । झन्डै तीन दशकको अवधि निरन्तर पञ्चायतविरुद्ध लड्ने एकल शक्तिको पहिचान स्थापित गरेको थियो कांग्रेसले । जीवन आहुति दिन हरदम तयार हुने युवा तथा विद्यार्थी कांग्रेस तथा भूमिगत भातृ संगठनमा आबद्ध भएका थिए । अनगिन्ती संख्यामा सहिद भए । धेरैले के खाऊ के लाऊ भन्ने उमेर जेल, आप्रवास तथा भूमिगत भएर बिताए । 

प्रथम जनआन्दोलनपछिका दिनमा कांग्रेस दलमा आबद्ध हुने मोह अथवा कारण परिवर्तन भएको छ । विगतमा देशलाई निस्वार्थ योगदान गर्न कांग्रेसमा आबद्ध हुने संस्कारमा विकृति आयो । ‘योगदान’ लाई विस्थापित ग¥यो ‘देशबाट के पाउन सकिन्छ’ संस्कारले । पूर्र्व पञ्चहरू घुसपैठले त अर्थशास्त्रीहरूले भन्ने गरेको ‘खराब मुद्राको प्रवेश ले शुद्ध मुद्रालाई अपवित्र तुल्याउँछ’ लागूभयो । कांग्रेसजनले सविस्तार पञ्चायती संस्कारलाई अँगाल्न थाले । आजका दिनसम्म आइपुग्दा देशबाट के पाउनेले कांग्रेसमा वर्चस्व जमाएका छन् । के पाउनेलाई केही दिन अग्रसर हुन्छन् ‘नेताहरू’ ‘कार्यकर्ता माग्छन तिनलाई रित्तो हात पठायो भने त अफाटेरो पर्छ भन्छन । दिएन भने भोलिका दिनमा मेरोमा को आउने ? चिन्ता ग्रस्त हुन्छन । बिना कार्यकर्ता को चहल पहल कसरी राजनीति गर्ने पिरलो धेरैलाई परेको छ । 

हाम्रोजस्तो राष्ट्रमा विपन्नहरूको संख्या अपार हुनु स्वाभाविक हो । केही दिने भएपछि तिनका कहाँ केही पाइने आशाले धाउनेहरूको संख्या ठूलो हुनु स्वाभाविक हो । तिन कहाँ गएपछि खाली हात चाहिँ फर्कन पर्दैन भन्ने प्रचार भएपछि ढोकामा धाउनेको संख्या बढ्नु अस्वाभाविक पनि होइन । आखिर देशले औद्योगीकरण गरेको भए रोजगारीका अवसरहरू सिर्जिएका भए यति धेरै कार्यकर्ता पनि हुने थिएनन् । तीमध्ये बेरोजगारको संख्या अहिलेलेको जस्तो धेरै हुने थिएन । 

विगतमा केही नेता थिए जोसँग कार्यकर्ताले हात पसारेर गर्जो टारिदिन अनुरोध गरेपछि तिनले रित्तो हात फर्काउँदैनथिए । त्यस्ता नेताहरूको अग्रपंक्तिमा थिए, सुवर्णशमशेर राणा तथा सूर्यप्रसाद उपाध्याय । सुवर्णशमशेर अपार सम्पत्तिको मालिक थिए । तिनको ढुकुटीमा अपार सम्पत्ति थियो । अनि उहाँ अत्यन्त दिलदार हुनुहुन्थ्यो । कार्यकर्ताले दुःखेसो पोखेपछि दिन कठिन थिएन । त्यसैगरी सूर्यप्रसादको स्रोत थियो । उहाँ मनकारी हुनुहुन्थ्यो । हात थाप्नेलाई केही दिन कठिन थिएन । यथार्थको अर्को पाटो भनेको त्यसकालखण्ड राजनैतिककर्मीहरू स्वाभिमानी थिए । जनसंख्या सानो माग्नेको संख्या त ज्यादै सानो थियो । वर्तमान कालखण्डमा स्वाभिमान गुमाएका कार्यकर्ताको संख्या ठूलो छ । कहलिएका दिनेहरू सुवर्णशमशेर तथा सूर्यप्रसादजस्ता समृद्ध छैनन् । तिनका निमित्त दिनकै निमित्त पनि स्रोतको आवश्यकता पर्छ । 

पञ्चायतकालीन नेपालमा त्यस्ता दाता कहलिएका ‘आधुनिक रबिन हुड’ केवल एकदुई मात्र थिए । तिनको देखासिकी गर्ने धेरै भए पञ्चायत पतन हुनुपूर्र्व । तीमध्ये केहीले ‘चैते कांग्रेस’को रूपमा नेपाली कांग्रेस प्रवेश गरे । उक्त ‘रबिन हुड’ संकारलाई व्यापक तुल्याउनमा तिनको निर्णायक भूमिका थियो । दिने र लिनेको अनन्त बृहत् जालोमा केही पात्रहरूले गरेका आविष्कारमध्ये एक हो हाजिर गरेर टाप कस्ने– अर्थात् बिना काम सरकारी म्यादी सेवामा संलग्न तुल्याएर तिनलाई तलब भत्ता दिने । उमेर पुग्दै गरेका अध्ययनरत विद्यार्थीका अभिभावक दिने को ढोकामा पुगेपछि तिनका सन्ततिलाई आफ्नो मातहतको सरकारी निकायमा उपस्थिति जनाएर तिनलाई ‘हाटा’को सञ्जालमा राख्ने । आफ्नो गोजीबाट नभएर सरकारी स्रोतबाट वैध तरिकाले दिने । यो प्रावधान गर्न माहिर नेता भ्रष्टाचारी ठहरिएर जेलबाट रिहा हँुदा युवा कांग्रेसले जुलुस निकाले । तिनको प्रशंसामा सरकारी खर्चमै सालिक निर्माण गरे । उक्त सालिक माल्र्यापण गर्न पार्टी सभापति तथा अन्य पदाधिकारी नाकमा नथ्ती लगाएर पुगे । दलले आर्जेको भ्रष्टाचारी छविप्रति तिनलाई के मतलव । 

विगतका निर्वाचनहरूमा नेपाली कांग्रेसले समग्रमा प्राप्त गरेको मतगणनाहरूलाई आधार मान्ने हो भने यस दलले क्रमिक रूपमा लोकप्रियता गुमाउँदै गरेको प्रष्ट देखिन्छ । मतदाता, खसेको मतपत्र तथा कांग्रेसले पाएको मतजस्ता सूचकले यस तथ्यलाई वर्णन गरछ । त्यसो त कांग्रेस मात्र होइन प्रतिस्पर्धी दल एमालेको अवस्था त्यति बिघ्न फरक छैन । माओवादीको कुरै गर्न परेन । अकस्मात उदयर, प्रथम संविधानसभामा उसले प्राप्त गरेको मत नै हालसम्मको सबैभन्दा बढी थियो । त्यसपछिका निर्वाचनमा यस दलले प्राप्त गरेको मत तीव्र ओरालो उन्मुख हँुदैछ । यस लेख केवल नेपाली कांग्रेस सम्बन्धित गरिएको छ । 

प्रथम जनआन्दोलनको सफलतापछि कांग्रेसले दुई पटक बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गर्ने अवसर पायो । धेरै पटक दुई नेता गिरिजाप्रसाद तथा शेरबहादुरको नेतृत्वमा सरकारहरू गठन तथा विघटन भए । शेरबहादुरलाई ‘पटके’ प्रधानमन्त्रीको उपाधिबाट सुसज्जित हुने अवसरहरू मिले । सुशील कोइरालाको भागमा पनि एक वर्ष सरकारको नेतृत्व गर्ने अवसर मिल्यो । कांग्रेसले नेतृत्व गरेको सरकारले एकपछि अर्को नेताले आर्जेको भ्रष्टाचारी छविका रेकर्डहरू तोड्न सफल रहे । विकृति तथा विसंगति फैलाउने थुप्रै विवादित निणर्यहरू भए । एमाले तथा माओवादीले नेतृत्व गरेको गठबन्दन सरकारमा पनि कांग्रेस नेतृत्वलाई सहभागी हुने पटकपटक अवसरहरू मिले । ती अवसरमा कांग्रेस दलका प्रतिनिधि भएर सरकारमा सामेल हुनेमध्ये अत्यन्त थोरै संख्याका नेताले दलको शिर उच्च राख्न सफल रहे र । उनीहरूमध्ये जो चालु थिए तिनले कांग्रेसलाई ‘भ्रष्टाचारीहरूको दल’मै दर्ज गर्न भरपुर सहयोग गरे । जो साधु थिए तिनको अकर्मण्यता राष्ट्रिय चर्चाको विषय हुन पुग्यो । 

निश्चय पनि अन्य दल विशेषगरी प्रमुख प्रतिपक्ष एमाले भ्रष्टाचारी थिएन अथवा छैन भन्ने किमार्थ होइन । एमाले दल सामूहिक रूपमा संगठित भएर भ्रष्टाचार ग¥यो गर्दैछ । माओवादीले एमालेको देखासिको गरेर भ्रष्टाचारमा लिप्त हँुदैछ । कम्युनिस्टहरूको डीएनएमै भ्रष्टाचार थियो । सात दशक लामो बोल्सेभिक नेता लेलिनदेखि स्टालिनले स्थापना गरेको कम्युनिस्ट शासनको देहावसान हुनाको प्रमुख कारण भ्रष्टाचार भन्ने छ । वर्तमान कालखण्डमा उदीयमान कम्युनिस्ट राष्ट्र चीन तथा भेयतनाम दुवैमा भ्रष्टाचार निवारण विरोधीलाई सफाया गर्ने अस्त्रको रूपमा प्रयोग गरिँदैछ । नेपालका कम्युनिस्टहरू कमाउनिस्टमा रूपान्तरण हुनु अस्वाभाविक होइन । वास्तविकता के हो भने दुई गल्तीमध्ये एक साँचो हुन सक्दैन । गल्ती त गल्ती नै हो । 

युवा कांग्रेसहरू भ्रष्टाचारविरुद्ध आवाज उठाउन थालेका छन् त्यो अत्यन्त सकारात्मक पहल कदम हो कांग्रेसलाई नयाँ जीवन दिनका निमित्त । यदि यो अभियानले निरन्तरता पाउने हो भने गुम्दै गएको लोकप्रियताको पुनर्बहाली हुन समय लाग्दैन । आखिर नेपाली कांग्रेसमा अझै धेरै इमान्दार कार्यकर्ता छन् जो समाज तथा देशबाट लिन नभएर दिनका निमित्त कटिबद्ध छन् ।