देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बह्माण्डको खोजी




खण्ड क
Quantum world मा particle ले एउटै समयमा दुईवटा रूप duality (wave and particle) को देखाउँदछ । त्यो भनेको particle, particle मात्र नभएर wave को पनि रूप देखाउँदछ भन्ने हो । आजसम्म हामीले जगत्लाई पुरानो भौतिक शास्त्रमा बुझिरहेको हुन सक्छौं । तर Quantium Physics बाट ब्रम्हाण्डलाई बुझ्ने हो भने अलि सहज हुन्छ । मानिस तेस्रो आयाममा रहेको छ र हामीलाई लाग्छ हामी जे देख्छौं त्यही सत्य हो त्यसैले हामी जगत पनि तेस्रो आयाममै छ भन्ने सोच्दछौ । Quantium Physics ले हामीलाई एउटै particle ले जसरी दुई रूप देखाउँदछ भनेर सिकायो त्यसपछि हामीलाई यो जगत्का बारेमा अझ विस्तृत रूपले बुझ्न बाध्य बनाउँदै लग्यो । यहीकारण म Quantium Physics बाट जगतलाई बुझ्नुभन्दा पहिले Quantium Physics बुझ्न सहज होस् भनेर डाइमेन्सन याने कि आयामको विषयमा चर्चा गर्नेछु ।


आयामको विषयमा चर्चा गर्न हामीले शून्यबाट सुरु गर्नुपर्ने हुन्छ । शून्यलाई हामीले बुझ्दा कलमले कापीमा एउटा थोप्लो र बिन्दु बनायांै भने त्यो शून्य हो । अब फेरि कापीमा एउटा गोलो बनाऔं कापीमा बनाएको त्यो अलिक ठूलो गोलाकार पनि शून्य नै हो । अझ भकुण्डोलाई हेरौ त्यो पनि शून्य नै हो । भकुण्डोलाई आफूभन्दा टाढाटाढा राखेर हेर्नुभयो भने त्यो सानोसानो हुँदै जान्छ र एउटा दूरीमा पुगेपछि कापीमा बनाएको ठूलो गोलाकार जस्तै देखिन थाल्छ र बिस्तारै अझ परपर लैजानुभयो भने कापीमा कलमले कोरेको सानो बिन्दुजस्तैः देखिनु थाल्छ । चन्द्रको आयातन ठूलो छ तर हामीले पृथ्वीबाट हेर्दा भकुण्डो हेरेजस्तै लाग्छ । पृथ्वीबाट चन्द्रमा झन्डै चार लाख किलोमिटर पर छ त्यही कारण हामीले पृथ्वीबाट चन्द्रमालाई हेर्दा सानो देखिएको हो । पृथ्वीबाट सूर्य चन्द्रमा भन्दा पनि धेरै टाढा छ त्यसैले हामी पृथ्वीबाट हेर्दा सूर्य पनि सानो नै देख्छौ । यसरी नै सूर्यभन्दा पनि परपरका अरू सूर्यहरू भनौं वा तारा पनि हामीले पृथ्वीबाट हेर्दा सानो नै देख्छौ । त्यसै हामीलाई तारा पनि चम्किरहेको भकुण्डो जस्तो नै लाग्छ । कापीमा कोरेको बिन्दु र फुटबल हुँदै चन्द्रमा, सूर्य अनि ताराहरू हाम्रा लागि बिन्दुजस्तै नै लाग्छ । त्यसैले वस्तु आफैंमा कस्तो छ भन्दा नि हामीले कसरी हेछौ र बुझ्दछौ भन्ने कुरा महत्वपूर्ण छ । ब्रह्माण्डको उत्पत्तिको Big Bang सिद्धान्त पनि हामी शून्यबाट नै Expand भएको भनेर बुझिरहेका छौं । यदि यस्तो हो भने त्यो चाहिँ कहाँबाट आयो भन्ने प्रश्न बाँकी नै रहन्छ ।


श्रीस्वस्थानी व्रतकथाको प्रथम अध्यायमा पदार्थको अव्यक्त र व्यक्त अवस्थादेखि Big Bang हँुदै आदि अनादि कालको व्याख्या गरेको पाइन्छ । ब्रह्माण्डको उत्पत्ति, विकासक्रमसँगै विभिन्न तारा, तारा मण्डल र ग्रहहरूमा भौतिक र अभौतिक विकासका सिलसिलाहरूको व्याख्या गरिएको छ । श्रीस्वस्थानी व्रतकथाका अनुसार यो ब्रह्माण्डको सुरुवाती क्रममा प्रथम साख्य पद छ र यहाँबाट Energy Emergence हुने र शिवबाट माया र मायाबाट प्रकृति उत्पन्न हुने कुरा लेखिएको छ । यो भगवान् प्रेरित सृष्टिमा ५ वटा पद छ भनिएको छ । जसरी Energy Emergence र सृष्टि प्रक्रिया बताइएको छ त्यसरी नै त्यो प्रक्रिया Reverse हुने पनि बताइएको छ । यसै क्रममा विभिन्न तारामण्डलमा अण्डाकार अस्तित्व बनाई गोलाधारभित्र आफ्नाआफ्ना लम्बाइका समयचक्रअनुसार दिनरात, महिना, वर्ष, गुरुत्वाकर्षणजस्ता विषयवस्तुबाट हुने विकास क्रम र विविधता रहेको जीवनक्रम अनि सोहीअनुसार जीवको सृष्टि, प्रकृति, उमेर हुने बताइएको छ ।

जीवको गुण र अस्तित्व, जीवनयापन र समय अन्यथा अवस्थाबाहेक सोही Galaxy का आफ्ना आफ्ना Constellation (नक्षत्र) र आफ्नो ग्रहको सूर्य वा सूर्यहरूबाट समेत सु–स्पष्ट प्रभावित हुने कुराको व्याख्या गरिएको छ । जस्तैकि यो पृथ्वीमा हामी एक सूर्यको युगमा रहेको र २७ नक्षत्र हुँदैै Milky way Galaxy   भित्र रहेको र हाम्रो जीवनशैली यसै System ले निर्देशित गर्दछ भनिएको छ । यदि यो ब्रम्हाण्ड र अनन्तः ब्रम्हाण्डको आत्मसात् गर्ने क्षमता हामीले विकास ग¥र्यौं भने त्यस अगाडिका पथ प्रदर्शन कसरी हुन सक्छ भन्ने थप भावहरू पनि यस व्रतकथामा व्याख्या गरिएको छ । यद्यपि हाम्रा क्षमतामा कालखण्डअनुसार भइरहेका परिवर्तनले मानवमा निरन्तर क्षयीकरण भइरहेकाले हामी कति अध्ययन र आत्मसात् गर्न सक्छांै भन्ने प्रश्न जीवित छ ।

यस पुस्तकको पहिलो अध्यायमा प्रकृति अचेतन छ, परमाणु अचेतन छ, जीवात्मा अज्ञानी हुनाले अल्पज्ञानीबाट विनाशतर्फ उन्मुख हुने भविष्यवाणी पनि कोरिएको छ । यस अध्यायमा पदार्थलाई बह्माको आयुसँग जोडिएको छ । पौराणिककालमा लेखिएका यी कुराहरू बुझ्नQuantum Physicsले सहज बनाएको छ । आज हामी Parallel Universe लगायतका विषयको अध्ययन गर्ने क्रममा अगाडि बढिसकेका छौं । यी र यस्ता Physics का नयाँ आयाम र नयाँ सिद्धान्त बुझ्न हामीले Quantum Physics लाई बुझ्नुपर्दछ र म यो आलेखमा Quantum Physics बुझ्न सहज होस् भनेर आयाम (Dimensions) को बारेमा चर्चा गर्दैछु । शून्यको चर्चा गरिसकेपछि अब म के हो त पहिलो आयाम भन्नेदेखि अन्य दसै आयामको चर्चा अर्काे आलेखमा गर्नेछु । यी दस आयामको चर्चापछि Quantium Physics, String Theory हु“दै ब्रह्माण्डको बुझाइको चर्चा सरल हुने विश्वास छ ।
क्रमशः
(लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल वानका केन्द्रीय अध्यक्ष तथा पूर्वीय दर्शनका अध्येता हुन् ।)