काठमाडौं । दोश्रो जनआन्दोलनपछि आर्थिक सहायताका नाममा राज्यकोषबाट सरकारमा सहभागि दलहरुले ४ अर्ब रुपैयाँ कार्यकर्तालाई वितरण गरेका छन् । कार्यकर्ताहरुलाई पैसा बाड्नाका लागि सहज होस भनेर आर्थिक सहायता शिर्षकमा वजेट विनियोजना गर्ने गरिएको छ ।
२०६३–६४ देखि २०७३–७४ सम्मका ११ वर्षमा सरकारमा सहभागी दलले राज्यकोषबाट आर्थिक सहायताका नाममा यो रकम बाँडिएको हो । दोस्रो जनआन्दोलनपछि बनेका सरकारले आर्थिक सहायता नाममा कार्यकर्तालाई रकम बाँड्दै आएको देखिन्छ ।
वास्तविक असहायका लागि यस्तो शीर्षकमा बजेट छुट्याइएको भए पनि वास्तविक असहायले यस्तो सहायता रकम कमै पाउने गरेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया