काठमाडौं । मन्त्रिपरिषद्मा एक राज्यमन्त्री थपिएका छन् । जनता समाजवादी पार्टी (जसपा)का सांसद दीपक कार्कीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले राज्यमन्त्री नियुक्त गरेका हुन् ।
कार्कीलाई वन तथा वातावरण मन्त्रालयको विभागीय जिम्मेवारी तोकिएको छ । जसपाले थप एक राज्यमन्त्रीको कोटा पाएसँगै धनुषा–१ बाट निर्वाचित कार्की मन्त्रिपरिषद्मा सहभागी हुन पाएका हुन् ।
प्रतिक्रिया