देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोकाया कांग्रेसको राष्ट्रिय सभामा प्रमुख सचेतकमा मनोनित

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्ण बहादुर रोकायालाई मनोनित गरेको छ ।

कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायालाई मनोनित गरेका हुन् ।

कांग्रेसको कर्णाली प्रदेशका महामन्त्री समेत रहेका रोकाया हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका हुन् ।