देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इलाम क्षेत्र नम्बर २ को लागि नेपाली कांग्रेसका सातजना आकांक्षीहरूको नाम सिफारिस

देशान्तर

काठमाडौं । बैसाख १५ गते हुने उप निर्वाचनमा इलाम क्षेत्र नम्बर २ को लागि नेपाली कांग्रेस कोसी प्रदेशले सातजना आकांक्षीहरूको नाम केन्द्रीय समितिमा पठाएको छ ।

प्रदेश समितिले पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरेको छ । दोस्रोमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरेको छ ।
यसअघि कांग्रेस जिल्ला कार्य समिति इलामले चैत्र ७ गते नै आकांक्षी उमेदवारहरूको नाम प्रदेश समितिलाई पठाएको थियो । जिल्लाले क्षेत्रीय समितिले पठाएको नाम जस्ताकै त्यस्तै प्रदेशलाई पठाएको र प्रदेशले पनि जस्ताको तस्तै केन्द्रमा पठाएको हो । समितिले अन्य चारजनामा संविधानसभा सदस्य नगेन्द्र कुमाल नेता रमेश लिङ्देन सहित चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस गरेको छ । इलाम क्षेत्र नम्बर २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ । एमालेले सुवास नेम्वाङको छोरा सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ ।