देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेसिन र मानिस



खण्ड ख
हामीले बुझ्दा प्रकाश भनेको Electromagnetic Radition हो । हामीले प्रकाशभन्दा देखिने Raditionको कुरा गर्दछौ । यसरी भन्दा Cosmic Rays, Gamma Rays, X-Rays, Ultravoilet Rays र भिजिबल लाइट अनि Infrared Rays, Microwaves, Rader, Radio waveको कुरा हुन्छ । आधुनिक विज्ञानको जगत्मा पहिलो पटक ५०० वि.सि.मा ग्रिक फिलोसफर Empedoclesले प्रकाश पनि एउटा बस्तु हो र यसले पनि गति राख्छ भनेर बिचार राखे ।
प्रकाशको गति २.९९७९२४५८८ १०८ m/s हुन्छ । तर हामी आज ३० करोड मिटर प्रतिसेकेन्ड हुन्छ भनेर भन्ने गर्दछौ । त्यो त्यति सहज आजको विज्ञानाले प्रमाणित गरेको कुरा होइन । १०३१ ए.डी.मा एक अरब गणितकर्ता Hasan Ibh AI Haythamnले हामीले हाम्रो आ“खाबाट प्रकाश गएको कारण होइन वस्तुबाट हाम्रो आ“खामा प्रकाश आएको कारण हामीले वस्तुलाई पहिचान गरेको हो र प्रकाशको गति छ भनेर भने ।

यस्तो हु“दा प्रकाशको गति निश्चित हुनु पर्दछ । यी र यस्तै प्रसंगपश्चात् प्रकाशको गति (Infinity) अनन्तः नभएर कति हुन्छ त भन्ने बिषयमा आधुनिक बैज्ञानिकको खोजी सुरु भएको हुनु पर्दछ। Roger Bacon, Johannes Kepler / PierredeFerman ले प्रकाशको गतिको विषयमा चर्चा सुरु गरे । अन्ततः १६२९ मा डच फिलोसफरIsaac Beeckmanले एक पर्यबेक्षक राखेर कति छिटो प्रकाशले यात्रा गर्छ भनेर पत्ता लगाउने प्रयास गरे तर प्रकाशको गति धेरै नै तीव्र भएको कारण यो सफल हुन सकेन । १६३८ मा Gallio ले पनि दुई पहाडको बीचमा प्रकाशको गति मापन गर्ने प्रयास गरे । तर अति तीव्र गति मापन गर्न पृथ्वीका कुनै दुई कुना प्रयोगशाला बन्न सकेन ।

१६४६ मा डेनमार्कको एक खगोलविद् Ole Romer ले वहस्पति ग्रह र वृहस्पतिको चन्द्रमा हेरेर समय फरक भएको खोज गरे । यसमा वृहस्पतिको चन्द्रमा पृथ्वीस“ग नजिक हुदा र पर हुदा प्रकाश त्यहादेखि पृथ्वीसम्म आउने समय फरक भएको बताए । त्यसबाट प्रकाशको गति मापन गर्न सहयोग पुग्यो । Christiaan Huygensले २.२८ ८-१०८ मिटर प्रतिसेकेन्ड हुन सक्छ भनेर खोजी सुरु गरे । यसमा पृथ्वी र वृहस्पतिको Radious को मापन सही नहुदा गणित निश्चित हुन सकेन । बिस्तारै प्रविधिको विकास हुदै गयो र Ole Romer को सुरुवाती खगोल विज्ञानले फस्ट्याउने समय पायो ।


१८४९ मा Hippolyte Fizeau ले ८ किलोमिटर पर राखेको Reflecting Mirror को मद्दतले प्रकाशको गति ३.१८ १०८ को परसेकेन्ड बताए । १९६० को दशकमा French Astronomer Leon Foucault ले २.९८८ -१०८ परसेकेन्ड भनेर बताए । यसरी विभिन्न समयमा विभिन्न वैज्ञानिकहरूको विचारधाराबाट प्रकाशको गति निश्चित गर्ने प्रयास गरे । अन्तत १९०७ मा Rosa र Dorsey ले Electromagnetism को मद्दतबाट प्रकाशको गति २.९९७८-१०८ मिटर परसेकेन्ड हुन्छ भनेर बताए । १९८३ मा General Conference on Weights and Measure Organization ले मिटर र सेकेन्डको व्याख्या गर्दै २.९९७९२४५८८- १०८ मिटर परसेकेन्ड कायम गरे ।

यसरी सयौ वर्षको अनबरत प्रयासपछि धेरै वैज्ञानिकहरुको सामूहिक बौद्धिकताको योगफलले प्रकाशको गति निश्चित गरिदियो । आज हामी ३८ १०८ मिटर परसेकेन्ड भनेर प्रकाशको गति निर्धारण गर्न सक्ने अवस्थामा पुगेका छौ । यसरी धेरै बैज्ञानिकहरुको सामूहिक बौद्धिकताको योगफलबाट आउने साझा परिणामलाई हामीले आत्मसात् गर्नुपर्ने जरुरी र बाध्यता दुवै छ । यद्यपि युग सहस्रयोजन पर भानुू जस्ता हाम्रा ग्रन्थहरूको ज्ञान जसरी प्रकाशको गति मापनको आधार बन्यो त्यसरी नै मेसिनमा कृत्रिम बुद्धिमत्ताका लागि पनि हाम्राप्राीचन ग्रन्थहरु सदुपयोग गर्न सकिने आधारमा नेपालीवैज्ञानिकहरुले नै कदम चाल्नुपर्ने देखिन्छ । प्रस्ट्याउन नसकेको अझ के छ भने ‘योजनानांं सहश्राणी दुरे भुवः स्थितो रवि’’ अर्थात् युग सहस्र योजन पर भानु’’ भनेर जो पृथ्वी र सूर्यको दूरी हनुमान चालिसामा व्याख्या गरिएको छ त्यो आधुनिक विज्ञानमा प्रमाणित गर्न प्रकाशको दूरीको मापन र खगोल विज्ञानको आजका सन्दर्भको प्रमाणित तथ्य पछि मात्र पाठ्यपुस्तकमा निर्धारण गर्नुपर्ने वैज्ञानिक दृष्टिकोण पनि नाजायज भनिहाल्न मिल्दैन ।

तर १२ हजार (युग) गुणा १ हजार (हजार) गुणा १२.८७ (योजनलाई किलोमिटरमा रूपान्तरण गर्दा) जति हुन आउँछ त्यो हिसाबले हुने लगभग १५ करोड किलोमिटर नै हो । १४ करोड ९० लाख किलोमिटर अहिलेको विज्ञानको हिसाबले जे हुन आउँछ त्यसमा दुरुस्तता छ । अझ यसमा के छ भने बह्माण्ड आफ्नो गतिमा कति फैलँदै छ र यो कहिले लेखिएको हो पनि हिसाब गर्दा सायद पूर्ण रूपले Synchronize x’G5 . हुन्छ । संस्कृत र विज्ञान एकअर्काको परिपूरक बनाउनुपर्ने हाम्रो देशमा अहिलेको पार्लियामेन्टमा संस्कृत भाषामा शपथ लिने एक जना मात्र सांसद रहेको विद्यमान अवस्था दुःखद् छ । सनातन ज्ञानको भण्डारबाट आगामी पुस्ताका लागि नयानया विज्ञानका दर्शन प्रार्दुभाव गर्ने जननी जसरी अलिखित इतिहासमा नेपाल नै थियो आउदा दिनमा पनि नेपाल नै बनोस् र यहा“का वैज्ञानिकहरु विश्व हितका लागि सनातन ज्ञान र विज्ञानलाई वेद ज्ञान बनाउन सकुन् ।
क्रमशः
(आलेखकार वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका अध्यक्ष हुन् ।)