देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चेल्सी र म्यानचेस्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा

देशान्तर

काठमाडौं । एफ ए कप फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले सेमिफाइनलमा स्थान बनाएका छन् । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई र म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीलाई ४-२ गोलले पराजित गरेको हो । खेलको १३ औँ मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै घरेलु टोली चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । २६औँ मिनेटमा चेल्सी पेनाल्टीको पायो तर, उक्त पेनाल्टीमा रहिम स्टर्लिङले गोल गर्न असफल भएपछि चेल्सीले अग्रता दोब्बर मनाउने मौका गुमाएको थियो ।

पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमै कोल पाल्मरले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । तर, खेलको ५१औँ मिनेटमा पाहुना टोली लेस्टर सिटीले उपहार गोलमा खेल २-१ को अबस्थामा ल्याउन सफल भयो।  चेल्सीका एक्सेल डिसासी आफ्नै पोस्टमा गोल गरेपछि खेलमा २-१ को रोमाञ्चक अबस्थामा पुगेको थियो ।

६२ औँ मिनेटमा स्टेफी माविडिडीले गोल गरेपछि पाहुना टोली २-२ को बराबरीसँगै खेलमा फर्कियो । ७३ औँ मिनेटमा पाहुना टोली लेस्टर सिटी १० खेलाडीमा सिमित बन्यो । लेस्टरका कलोमले रातो कार्ड पाएर मैदान छाडेका थिए ।

१० खेलाडीमा समेटिएको लेस्टर सिटीमाथि चेल्सीले फाइदा उठाउँदै खेलमा ४-२ को रोमाञ्चक जित निकाल्यो । चेल्सीका लागि अतिरिक्त समयको दोस्रो मिनेटमा केमीले गोल गरेपछि खेलमा ३-२ को अग्रता बनायो । अतिरिक्त समयकै आठौँ मिनेटमा नोनी मडुके गोल गरेपछि चेल्सीले ४-२ को जित निकाल्यो ।

यस्तै ओल्ड ट्राफोर्डमा पाहुना टोली लिभरपुललाई ४-३ गोल अन्तरले पराजित गर्दै  म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाउन सफल भयो । निर्धारित ९० मिनेटमा २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियोे । जसमा युनाइटेडले २ गोल थप्दा लिभरपुलले १ गोलमात्रै फर्कायो ।

घरेलु टोली युनाइटेडको जितमा स्कट मक्टोमिने, एन्टोनी र अमाद डियालोले समान एक एक गोल गरे ।  लिभरपुलका लागि एलेक्सिस एलिस्टर, मोहम्मद सलाह र हर्वो इलियटले गरेको गोल सान्त्वना बन्यो ।

घरेलु टोली युनाइटेडका लागि खेलको १०औँ मिनेटमा स्कट मक्टोमिनेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ४४औँ मिनेटमा पाहुना टोली लिभरपुलका लागि एलेक्सिस एलिस्टरले गोल गर्दै खेल १-१ को अबस्थामा ल्याए ।

त्यसपछि पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मोहम्मद सलाहले गोल गर्दै पाहुना टोली लिभरपुललाई २-१ को अग्रता दिलाए । खेलमा २-१ को जित नजिक पुगेको पाहुना टोली लिभरपुल अन्तिम ३ मिनेट सम्हालीन सकेन । घरेलु टोली युनाइटेडका लागि एन्टोनीले ८७ औं मिनेटमा गोल गर्दै खेल २-२ को रोमाञ्चक अबस्थमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

१०५औँ मिनेटमा लिभरपुलका लागि हार्भि इलिएटले गोल गर्दै ३-२ को अग्रता दिलाए । ११२औँ मिनेट युनाइटेडका लागि मार्कस रासफोर्डले गोल गरेपछि खेल ३-३ को रोमाञ्च अबस्थामा पुग्यो ।

त्यसपछि दोस्रो हाफको ८६औं मिनेटमा मैदान छिरेका अमादले १२१औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ४-३ को रोमाञ्च जित दिलाए ।