देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ढलमा परेकी सत्यालाई वृहस्पति विद्यासदनको डेढलाख सहयोग

देशान्तर

काठमाडौं । वृहस्पति विद्या सदनले गत असार ३० गते सामाखुशीमा सडकमा जमेको पानीका कारण ढलमा परेकी सत्या सापकोटालाई डेढ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

विद्यालयले आइतबार नक्सालस्थित विद्यालय परिसरमा कार्यक्रम गरि सो रकम सापकोटालाई हस्तान्तरण गरेको हो । सापकोटालाई साहस तथा पुनर्संमायोजन गर्न सक्ने अनुपम विद्यार्थीको रुपमा, विद्यालयको तर्फबाट अध्ययनका लागि सहयोग स्वरुप एक लाख पचास हजार रुपियाँ प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सुमन थिङ लामाले जानकारी दिए ।

त्यस्तै, वृहस्पति विद्या सदनले आफ्नो विद्यार्थी सत्या सापकोटालाई प्रत्यक्ष सहयोग पु¥याउनु फोटो ग्राफर सुशीला थापामगर, उद्धार गर्नुहुने वि.वि.लाल तामाङ्ग र हरि थापाप्रति ह्रदयदेखि नै आभार व्यक्त गरेको छ । उनीहरु प्रत्यकलाई योगदानको कदर स्वरुप प्रशंसापत्र तथा नगद १० हजार समेत विद्यालयले प्रदान गरेको छ ।