देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र गठन

देशान्तर

काठमाडौँ । सत्तारुढ गठबन्धनले सरकारको आगामी नीति तथा कार्यक्रमका प्राथमिकता छनोटका लागि कार्यदल गठन गरेको छ । आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकले गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा एमालेबाट बिष्णु रिमाल र विष्णु पौडेल, माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा , राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल ,जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिस सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र घनश्याम भुसाल रहेका छन् ।