काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुने भएको छ । आइतबार बिहान बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरु (सर्वदलीय) बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तय गरेको हो ।
यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न प्रस्ताव गरेको थियो । तर कांग्रेसको प्रस्ताव अस्वीकृत भएको छ ।
राष्ट्रिय सभाको बैठक बस्नु पूर्व भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकृत भएको हो । कांग्रेसले आफ्नो दलसँग सल्लाह नगरी चुनावको मिति राखिएको बताउँदै केही पछि सार्न माग गरेको थियो ।
प्रतिक्रिया