काठमाडौं । पुरानो गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमतिमा कोशी प्रदेश बाट निर्वाचन लडेका नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला माओवादीले गठबन्धन परिर्वतन गरे पछि राष्ट्रिय सभा अध्यक्ष हुन पाएनन तर कांग्रेसले उनलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनयन गरेको छ ।
सभापति शेर बहादुर देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४) को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई दलको नेता मनोनयन गरेका हुन ।
प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै आग्रहमा उनलाई राष्ट्रियसभा अध्यक्ष गरि उमेदवार बनाइएको थियो तर माओवादीसँग गठबन्धन टुटेपछि त्यो सम्भावना सकिएको छ ।
राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्रले उपाध्यक्ष एमालेले लिने नयाँ गठबन्धनको सहमति छ । माओवादीले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो आइतवार लगाउने भएको छ । शनिवार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले अध्यक्षको टुंगो आइतवार लगाउने बताएका थिए । माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ । उम्मेदवार छान्नको लागि प्रचण्डले आइतवार पदाधिकारीको बैठक बोलाएका छन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ गते हुँदैछ।
प्रतिक्रिया