काठमाडौं। नेपाल वायुसेवा निगमले उडान नम्बर आरए–७५५ बाट नाइनएन–एबीयूमार्फत सोमवार ‘सुर्खेत–कालिकोट–सुर्खेत’ उडान गरेको छ । उडानमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कालिकोटस्थित सुनथराली विमानस्थलको उद्घाटन गरेका थिए ।
विमान सुर्खेत विमानस्थलबाट बिहान ११ बजे उडान गरेर ११ बजेर २० मिनेटमा कालिकोटको सुनथराली विमानस्थलमा अवतरण भएको थियो । उक्त उडानपश्चात् निगमसँग जहाजको उपलब्धता भएसँगै सुर्खेतलाई आधार बनाई कालिकोट लगायत हुम्ला, जुम्ला, मुगु र डोल्पामा समेत उडान सञ्चालन गरिने निगमले जानकारी दिएको छ । निकट भविष्यमा कर्णाली भेगका अन्य जिल्लामा समेत उडान सञ्चालन गरिने निगमले जानकारी दिएको छ ।
प्रतिक्रिया