काठमाडौं । बिभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्तका ऋणीहरु संसद् भवन परिसरमै प्रवेश गरेका छन् ।
पैदल हिंडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद् भवनभित्रै प्रवेश गरेका हुन् ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु परिसरमै नाराबाजी गर्न पुगेका हुन् ।
सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ ।
प्रतिक्रिया