काठमाडौँ । राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० प्रतिनिधि सभामा पेश गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन् ।
श्रेष्ठले राजनीतिक दलसम्बन्धि ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभा पेश गर्नुपरेको स्पष्ट पारे ।
प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।
प्रतिक्रिया