देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने सरकारको निर्णय ।

देशान्तर

सरकारले २५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको हो ।
भोजपुर, सिराह, खोटाङ, रौतहट, सिन्धुली, रामेछाप, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, अछाम र कैलाली जिल्लाका गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने सरकारले जनाएको छ ।
यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको गरिब घर परिवार पहिचान सर्वेक्षण बोर्डले गरेको अध्ययन अनुसार २५ जिल्लामा तीन लाख ९१ हजार ८ सय ३१ परिवार गरिब छन् । उक्त सर्वेक्षणले सबैभन्दा धेरै गरिब बाजुरामा र सबैभन्दा धेरै धनि तनहुँमा रहेको प्रारम्भिक तथ्यांक निकालेको थियो ।

मन्त्रिपरिषद बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि बनाइएको मापदण्ड अनुसार परिचय पत्र वितरणको काम सुरु गर्ने बताए । सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयको सचिवको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति पनि गठन गरेको छ ।