देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीर अस्पतालले मनायो १ सय २८ औँ वार्षिक उत्सव

देशान्तर

प्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताएका छन ।

आज वीर अस्पतालको १ सय २८ औं वार्षिक उत्सवका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा उनले त्यसका लागि आवश्यक उपकरण खरिदका लागि पर्याप्त बजेट विनियोजन गरेको जानकारि दिए ।

प्रधानमन्त्री देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी सरकारले नीतिगत, कानुनी र संस्थागत संरचना व्यवस्थापनको काम गरिरहेको बताए । वीर अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सरकारले पर्याप्त बजेटको व्यवस्था गरेको देउवाले जानकारि दिए ।
प्रधानमन्त्री देउवाले सबै नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पनि वीर अस्पताललाई सचेत गराएका थिए । विक्रम संवत १९५९ सालमा स्थापना भएको वीर अस्पताल मुलुकको सबैभन्दा पूरानो सरकारी अस्पताल हो ।