देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गणतन्त्र र वर्तमान संविधानको जग ००७ सालको क्रान्ति थियो भनेर बिर्सिन हुन्नँ – राष्ट्रपति पौडेल

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिको जगमा नै गणतन्त्र र वर्तमान संविधान प्राप्ति भएको बताएका छन् । ‘लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूणर्र् जग वि.सं २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुन्नँ,’ राष्ट्रपति पौडेलले सोमबार प्रजातन्त्र दिवसको शुभकामना सन्देशमा भनेका छन् ।

राष्ट्रपति पौडेलले फागुन ७ मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको दिनकारुपमा इतिहासमा गौरवपूणर् र अविस्मरणीय दिन भएको स्मरण गरेका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूणर् उपलब्धिकारुपमा उल्लेख गरेका छन् ।

‘लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्य शक्तिको सम्पूणर् स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ,’ उनले भने, ‘नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।’

दिवसका अवसरमा राष्ट्रपति पौडेलले नेपालको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्तिको कामना समेत गरेका छन् ।