देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘दिमाग खराब’ले मनायो १०० दिन

देशान्तर


काठमाडौं । ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेका निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ले प्रदर्शनको सय दिन मनाएको छ । कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले हिजो शनिबार काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा सय दिन मनाएको हो ।


योसँगै यो वर्ष सय दिन मनाउने नेपाली चलचित्रको संख्या दुई पुगेको छ । यसअघि गत वैशाख १ गते प्रदर्शनमा आएको चलचित्र ‘जारी’ले सय दिन मनाएको थियो । राजनीतिक विषयवस्तुमा आधारित चलचित्र ‘दिमाग खराब’ले करिब १० करोडको ग्रस कलेक्सन गरेको अनुमान छ । निर्देशक बस्नेतले ‘दिमाग खराब’को सिक्वेल बनाउने घोषणा गरिसकेका छन् ।


रिलिजको छैटौं दिन कात्तिक २९ गते निश्चलले हिन्दी चलचित्र सरह सो नदिए र सेयर ५० प्रतिशत नदिए ‘दिमाग खराबको’ प्रदर्शन रोक्ने चेतावनी दिएपछि चलचित्र संघमा तीन दिनसम्म चलेको बैठकले सेयरको विषयमा समेत थुप्रै बुँदामा सहमति गरेको थियो । जसका कारण हलमा नेपाली चलचित्र जति हप्ता चले पनि निर्माताले ५० प्रतिशत नै सेयर पाउने निश्चित भएको थियो । यता अहिले सिनेमा घरमा नयाँ चलचित्रहरूमा ‘हात्तीछाप, दयारानी’ र ‘जिग्री’ प्रदर्शनमा छन् । दोस्रो सातामा प्रवेश गरेका ‘हात्तीछाप, दयारानी’को व्यापार अपेक्षित सन्तोषजनक भने हुन सकेको छैन ।