काठमाडौं । टेलिकम लगायत विभिन्न संघ संस्थामा केवाइसी फर्म पटक पटक भर्न पर्दा दुःख मान्नु भएको छ । अब दुःख मान्नु पर्दैन् ।
त्यसका लागि ठेगाना सर्भिसेसले ‘ठेगाना आइडी एप’ एन्ड्रोइड(Android) र आइओएस(iOS)का लागि ल्याएको छ । यो एप्स डाउनलोड गरेपछि नेपाल टेलिकम लगायत विभिन्न ठाउँमा केवाइसी फर्म भरेपछि नागरिकता लगायतका कागजातहरु पुर्याउन जानु पर्ने छैन ।
ठेगाना आइडीले अहिले नेपाल टेलिकम डाउनलोड गरेपछि केवाइसी फर्म घरमै बसेर अपडेट गर्न सकिने छ । एप्सले प्रयोगकर्ताको डाटाको सुरक्षा र गोपनियता पनि कायम हुने ठेगाना सर्भिसेसका बिशाल केसीले जानकारी दिए ।
पछिल्लो समय डिजिटलाइजेसनको दुनियाँमा नेपाल पनि प्रवेश गरिसकेकाले सेवाग्राहीलाई झन्झटमुक्त बनाउनका लागि यो काम गरिएको केसीको भनाई छ ।
अहिले सानो संख्यामा सुरु भएको जानकारी दिँदै भविष्यमा सबै डाटाहरु एकीकृत हुने पनि उनको भनाई छ ।
प्रतिक्रिया