काठमाडौँ – मधेश आन्दोलनलाई सशक्त बनाउन राष्ट्रिय जनता पार्टी बनाउएर राजधानीलाई काउण्टर दिने तयार गरिरहेका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर अहिले एकलो बृहस्पती बन्दै गएका छन ।
स्थानीय तहको दुईचरणको निर्वाचनलाई मधेशका माग पुरागराउने अडानमा पार्टीलाई सहभागी नगराउने अडान लिएका ठाकुर दलभित्र मात्रै हैन हाले उनले गरेको मधेश भ्रकणमा पनि त्यहाँका जनताबाट सहयोग पाउन सकेनन् ।
अध्यक्ष ठाकुरले संबिधान संशोधन नभएसम्म दुई नम्बर प्रदेशमा निर्वाचन हुन नसक्ने बताएपछि ठाकुरलाई फ्री मधेश नर्फन चेतावनी समेत दिएका छन ।
राजपा अध्यक्ष मण्डलका एक सदस्यले देशान्तरलाई दिएको जानकारी अनुसार तराईको आधा भन्दा बढि स्थानमा निर्वाचन सम्पन्न भएर स्थानीय जन प्रतिनिधिले आएको तर, दुई नम्बर प्रदेशमा राजपाकै कारण निर्वाचन नभएको भन्दै जनता आक्रोसित रहेका छन ।
उनले निर्वाचन बिरोधी कुरा लिएर राजपाका कुनै पनि नेता अहिले मधेशमा जाने अवस्था नरहेको बताए । ठाकुरको पार्टी एकिकरण हुँदा भएको सहमति अनुसार राजपाको अध्यक्ष अध्यक्ष हुने कार्यकाल यस अघि नै सकिएको हो ।
तर, आउदो निर्वाचन सम्म उनैलाई अध्यक्ष बनाईपछि राजपामा थप असन्तुष्टि बढेको छ । ठाकुर बाहेकका अध्यक्ष मण्डलका सदस्यले तेस्रो चरणको स्थानीय तहको चुनावमा भाग लिन दबाब दिएपनि ठाकुर निर्वाचनमा जान तयार भएका छैनन् ।
यस अघि दुई दिनसम्म चलेको महासचिव, सहमहासचिव र प्रवक्ताहरुको बैठकले पार्टीको अस्तित्व बचाउन पनि निर्वाचनमा सहभागी हुनुपर्ने सुझाव दिएका थिए ।
पदाधिकारी तथा केन्द्रीय समिति बैठकको तयारीका लागि उक्त बैठक बसेको थियो । राजपा नेपालमा ३१ जना महासचिव, ३४ जना सहमहासचिव र ८ जना प्रवक्ता रहेका छन् ।
पार्टीका संयोजक महन्थ ठाकुरको संयोजक महन्थ ठाकुरको लगायतका नेताहरुको उपस्थितिमा भएको छलफलमा बोल्ने अधिकाँश महासचिव तथा सहमहासचिवहरुले संगठन निर्माणका लागि भएपनि चुनावमा जानुपर्ने सुझाव दिएका छन् ।
उनिहरुले सधैँ आवेगको राजनीति चल्दैन, कहिले काहीँ राजनीतिको रणनीति फेरिनुपर्छ ठाकुरले रणनिति नबलने हो भने पार्टी बिभाजन गरेर भएपनि स्वतन्त्र रुपमा चुनामा सहभागी हुनपर्ने सुझाव उनीहरुले नेताहरुलाई दिएका छन ।
राजपा नेपालका महासचिव जितेन्द्र सोनलले अगामी चुनावका लागि पनि पार्टीले स्थानीय तहको चुनावमा भाग नलिए अस्तित्व नै खतरामा रहेको देशान्तरलार्य बताए । ‘यसपालीको स्थानीय तहको चुनावमा भाग लिन सकिएन भने अगामी संसदीय चुनाव जित्न नसकिने उनले बताए ।
अर्का महासचिव मनिष सुमनले पनि सविधान संशोधन नभएसम्म चुनावमा भाग लिदैँनौ भन्नु नै राजपा नेपालका लागि गलत भएको धारणा राखे । उनले अध्क्षय ठाकुरले भने जस्तै चार बुँदे संविधान संशोधन विधेयक प्रस्ताव पारित भयो भने के मधेशको सबै समस्या समाधान हुन्छ ? त्यसपछि मधेशले आन्दोलन वा कुनै प्रकारको संघर्ष गर्नु पर्दैन भन्ने प्रश्न गरेको थिए ।
महासचिव केशव झाले पनि तेस्रो चरणमा भइरहेको स्थानीय तहको चुनावमा भाग लिनु नै पार्टीका लागि हितकर हुने बताए । उनले जबसम्म संगठन रहँदैन तबसम्म कुनै पनि माग पूरा नहुने भन्दै चुनावमा भाग लिएपछि मात्र संगठन निर्माण हुने बताए ।
उनले संसदबाट कुनै संविधान संशोधन हुँदैन भन्ने कुरा पार्टीले बुझ्नुपर्ने र चुनाब नगए अन्त्यमा गएर राजपाले केही प्राप्त नगर्ने दाबी गरे ।
प्रतिक्रिया