काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार पार्टी कार्यालय सानेपामा फागुन ३ गते बोलाइएको बैठकमा महासमितिको बैठकका बारेमा छलफल हुनेछ ।
कांग्रेसको आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा महासमिति बैठक बस्ने तय भएको छ । कांग्रेसले बैठकको तयारी थालिसकेको छ भने आवश्यक थप निर्णय केन्द्रीय समितिले गर्नेछ । बैठक फागुन ३ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।
प्रतिक्रिया