काठमाडौं । काठमाडौंमा जारी क्यानडाविरुद्धको बाइल्याटरल एकदिवसीय सिरिज नेपालले जितेको छ । तीन खेलको सिरिजमा लगातार दोस्रो जित निकाल्दै नेपालले एक खेलअगावै उपाधि पक्का गरेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले क्यानडाविरुद्ध चार विकेटको जित निकाल्न सफल भयो । टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८५ रन बनायो ।
क्यानडाले नेपालविरुद्ध सुरुआत भने सानदार गरेको थियो । पहिलो विकेटका लागि क्यानडाका आरोन जोनसन र नभनित दलिवालले ९४ रनको साझेदारी गरेका थिए । १८.२ ओभरमा नभनितलाई डेब्युटेन खेलाडी आकाश चन्दले विकेट किपर आसिफ शेखबाट क्याच आउट गर्दै पभेलियन पठाएका थिए । नभननितले ४६ रनको पारी खेले । आरोनलाई साथ दिन प्रगत सिंह आएका थिए । यी दुईले पनि खेललाई आक्रामक तरिकाले अगाडि बढाउँदा आरोज जोनसन ६५ रन बनाएर रनआउट भए । उनलाई भीम सार्की र आसिफले रन आउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाए । तेस्रो विकेटको रूपमा प्रगत सिंह ३८ रन बनाएर आउट हुँदा क्यानडाले तेस्रो विकेट गुमाएको थियो । तेस्रो सफलताको रूपमा नेपालका कप्तान रोहित पौडेलले दिलाएका हुन् । यसैगरी निकोलस कीर्तनले २० रन बनाउँदा हर्ष थाकेर ३ रनमात्रै जोडेर आउट भए । उनी पाँचौं विकेटको रूपमा आउट भएका थिए । छैटौं विकेटको रूपमा दिलप्रित बाजवा १९ रन बनाएर आउट हुँदा साद विन जाफरले १ रनमात्रै बनाउन सके । यसैगरी सहिद अहमदजाई १३ रन बनाउँदा नवौं विकेटको रूपमा श्रेयस मोभा ४० रन बनाएर पभेलियन फर्किए । उदय भगवानले २० रनको नटआउटपा पारी खेले । नेपालका रोहित पौडेल र कुशल मल्लले दुई दुई विकेट लिँदा सूर्य तामाङ, आकाश चन्द, पवन सर्राफ र सोमपाल कामीले एक—एक विकेट हात पारे ।
२८६ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । क्यानडाविरुद्ध सुरुआत भने मध्यम गरेको थियो । नेपालका अनिल शाह र आसिफ शेखले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरे । ४.५ ओभरमा ५५ रन बनाएका बेला नेपालले पहिलो विकेट गुमाएको थियो । नेपालमा आसिफ शेख १० रन बनाएर आउट भए । ६.३ ओभरमा टिमको स्कोर ६४ रन भएका बेला अनिल शाह अर्धशतक बनाएर आउट भए । १९ बलमा अर्धशतक पूरा गरेका अनिल २०औं बलमा एलबीडब्ल्यू आउट भएका थिए । उनले ३ छक्का र ७ चौका प्रहार गरे ।
दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र यू १९ का कप्तान देव खनालले नेपालको पारी अघि बढाए । दुवै जनाले नेपालको स्कोर २ सय प्लस पु¥याएका थिए । तेस्रो विकेटको रूपमा देव खनाल व्यक्तिगत ७६ रन बनाएर आउट भए । उनले ८१ बल फेस गर्दा २ छक्का र ७ चौका प्रहार गरे । चौथो विकेटको रूपमा भीम सार्की २३ रन बनाएर आउट भएका थिए । पाँचौं विकेटको रूपमा टिमको स्कोर २६१ रन पुगेका बेला ४०.२ ओभरमा पभेलियन फर्किए । रोहित १०१ बलमा ८७ रनको पारी खेल्न सफल भए । उनले ४ छक्का र ८ चौका प्रहार गरे । त्यसपछि पवन सर्राफ ८ बलमा १४ रनको पारी खेलेर छैटौं विकेटको रूपमा पभेलियन फर्किएका थिए । अन्त्यमा कुशल मल्ल र सोमपालले जित दिलाए । ४५.१ ओभरमा जितका लागि ६ रन चाहिएको थियो । कुशलले छक्का प्रहार गर्दै उत्कृष्ट फिनिस गरे । कुशल र सोमपाल दुवै जना ९–९ रनमा नटआउट रहे ।
क्यानडाका हर्स थाकेर र इश्वरजोट सोहीले दुई—दुई विकेट लिँदा साद विन जाफर र दिलप्रित बजवाले एक —एक विकेट लिए ।
प्रतिक्रिया