काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्री परिषद् पुर्नगठन नहुने बताएका छन् ।
प्रेस युनियनले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने विषयमा दलका नेताहरू छलफल गरे पनि अहिले नफेर्ने निचोडमा पुगेको बताए । उनले मन्त्री परिषद् पुर्नगठन नहुने तर कामको प्रगतिलाई मन्त्रीहरूले बढाउनु पर्ने बताए ।
उनले सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुङ्गो लाग्ने दाबी गरे । उनले हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको जानकारी दिए ।
प्रतिक्रिया