देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन हजार सहिद थप्ने प्रधानमन्त्रीको घोषणाले सच्चा सहिदको अवमूल्यन : डा. शेखर कोइराला

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाटै सहिदको अवमूल्यन गर्ने कार्य भएको आरोप लगाएका छन् । मंगलबारदेखि सुरु ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत विराटनगरमा आयोजित कार्यक्रममा उनले प्रजातन्त्रका निम्ति बलिदान दिएका सहिदको प्रधानमन्त्रीले अवमूल्यन गरेको बताएका हुन् । तीन हजार सहिद थप्ने प्रधानमन्त्रीको घोषणाले सच्चा सहिदको अवमूल्यन भएको उनको भनाइ छ ।

“प्रधानमन्त्रीजीले तीन हजार थप सहिद थप्ने कुरा गर्नुभयो, सहिद दिवसका दिन हामीले सहिदहरूको अवमूल्यन गर्नु भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ,” कोइरालाले भने, “सहिदको वास्तविक परिभाषालाई अंगीकार गरी अघि बढ्दा सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । सहिदको संख्या थप्दै गर्दा सहिदकै अपमान हुने बुझेको छु ।”

यही माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले करिब तीन हजारलाई छिट्टै सहिद घोषणा गर्ने बताएका थिए ।