काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन प्रस्तुत गरेको छ । आयोगको टोली आइतबार राष्ट्रपति भवन पुगेर प्रतिवेदन बुझाएको हो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेस गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी हुन् ।
त्यस क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रियसभा निर्वाचनमा मतदानको अधिकार प्रयोग नगर्ने तथा बहिष्कार समेत गर्ने जनप्रतिनिधिको भूमिकाप्रति आपत्ति जनाएका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले घोषित र केहीले विभिन्न कारण देखाएर मतदानमा भाग लिएका थिएनन् । आफू निर्वाचित हुनु अर्काको मत खोज्नेले आफू चाहिँ मतदानमा सहभागी नहुने कुरा गलत भएको थपलियाको गुनासो थियो । प्रमुख आयुक्त थपलियाले जनताबाट निर्वाचित जनप्रतिनिधिको मत समेत बदर हुनु पनि दुर्भाग्यपूर्ण रहेको बताए । केही जनप्रतिनिधिको मत राष्ट्रिय सभा निर्वाचनमा बदर भएको पाइएको थियो । उनले सो अवसरमा निर्वाचनको मौन अवधिको बेलामा विराटनगरमा गरिएको चियापानप्रति समेत असन्तुष्टि जनाएका छन् ।
प्रतिक्रिया