इन्टरनेट अब नौलो विषयवस्तु भएन । तर यस्को जन्मका पृष्ठभूमिबारे भने कतिपयलाई चासो हुन सक्छ । दोस्रो विश्वयुद्ध, कोल्ड वार र अमेरिकाले जन्माएको इन्टरनेट बारे आजको अंकमा थप चर्चा गरिनेछ ।
के हो इन्टरनेट ? धेरै कम्प्युटर वा कम्प्युटर प्रविधिमा आधारित उपकरणहरूलाई एकआपसमा सम्पर्कमा ल्याउन एउटा नेटवर्क वा धेरै नेटवर्कहरूलाई मिलाएर यी सबै नेटवर्कहरूमा गाँसिएका कम्प्युटर वा कम्प्युटर प्रविधिमा आधारित उपकरणहरूलाई परस्परमा सञ्चार आदानप्रदान गर्नु गराउनु नै इन्टरनेट हो । अब नेटवर्क कसरी बन्छ त ? भन्ने बारेमा चर्चा गरौं । एउटा कम्प्युटर वा कम्प्युटर प्रविधिमा आधारित उपकरण अर्को एउटा कम्प्युटर वा कम्प्युटर प्रविधिमा आधारित उपकरणसँग सञ्चार गर्न सक्दछ भने ती एकआपसमा सञ्चार आदानप्रदान गर्ने उपकरणहरूको समूह नै नेटवर्क हो ।
यदि यस्ता नेटवर्क स्थानीयस्तरमा रहन्छन् भने लोकल एरिया नेटवर्क भनेर भनिन्छ । लोकल एरिया नेटवर्क LAN अन्तर्गत एउटा अफिस, घर वा वरपर सम्मका कम्प्युटर वा कम्प्युटर प्रविधिमा आधारित उपकरणहरूसँग जोडिएर सन्देश आदानप्रदान गर्दछन् । मेट्रोपोलिटन नेटवर्कMAN अन्तर्गत एउटै सहरभित्र रहेका कम्प्युटर वा कम्प्युटर प्रविधिमा आधारित उपकरणसँग जोडिएर सन्देश आदानप्रदान गर्दछन् । त्यस्तै वाइड एरिया नेटवर्क WAN अन्तर्गत स्वदेश वा विदेशभित्र रहेका कम्प्युटर वा कम्प्युटर प्रविधिमा आधारित उपकरणसग जोडिएर सन्देश आदानप्रदान गर्दछन् । वाइड एरिया नेटवक भनेको नै इन्टरनेट भनेर बुझ्न सक्दछौ ।
१३ फेब्रुअरी १९४६ मा ENIAC कम्प्युटरको विकासले आज विकसित कम्प्युटरको रूपधारण गरिसकेको छ । यद्यपि तत्कालीन अवस्थामा एक कम्प्युटरवाट अर्काे कम्प्युटरमा सूचना आदानप्रदान गर्न मानिसले आफैले तेस्रो उपकरण प्रयोग गर्नुपर्ने अवस्था थियो । यस्तो अवस्थामा सूचना सामग्री धेरै टाढा रहेका कम्प्युटरहरूमा स्थानान्तरण गर्न कठिनाइ थियो ।
१९३९ मा सुरु भएको दोस्रो विश्वयुद्ध जब १९४५ मा सम्पन्न भयो त्यसबाट सिर्जित कोल्ड वारले नै कम्प्युटर नेटवर्कको विकास गराउन जबर्जस्त भूमिका खेल्यो ।
युनाइटेड स्टेट अफ अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले १९६० मा आफ्नो एजेन्सी ARPAलाई एउटा कम्प्युटरबाट अर्को कम्प्युटरसम्म सूचना सामग्री स्थानान्तरण गर्नका लागि प्रविधि विकास गर्ने जिम्मेवारी दियो । अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्स नेटवर्क विकास गरेर उसका आफ्ना अध्येताहरूको दूरी घटाउन चाहन्थ्यो । ARPA ले १९६९ मा अमेरिकाको चार वटा अध्ययन केन्द्रको कम्प्युटरलाई एकआपसमा जोडेर सूचना सामग्री आदानप्रदान गर्न सफल भयो । यसको सफलतासँगै १९७१ सम्ममा अझ टाढा रहेका कम्प्युटरहरूलाई जोडेर सूचना आदानप्रदान गर्न ARPA सक्षम बन्यो । यस प्रविधिलाई ARPAnet भन्न थालियो ।
यसमा एउटा समस्या के थियो भने अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले आफ्नो एजेन्सीमार्फत बनाएको ARPAnet आफ्ना मातहतका बाहेक अरूलाई दिँदैनथियो । नेसनल साइन्स फाउन्डेसनCSNET ले १९८१ मा उस्तै नेटवर्क विकास गर्न सफल भयो । अब भने ARPAnet उस्तै उस्तै प्रविधिमा दुई छुट्टाछुट्टैMILNETर ARPAnet मा विभाजन भयो ।
अमेरिकी सरकारले अब इन्टरनेटको स्वतन्त्रतालाई अगाडि वढाउनुपर्छ र आम सर्वसाधारणसम्म पहुँच विकास गर्नुपर्छ भन्नेमा दिशा निर्देशित ग¥यो । जसले गर्दा अब फरकफरक कम्पनीहरूले आफ्ना आफ्ना गतिका प्रविधि विकास गर्न थाले र अमेरिका बाहिर इन्टरनेटको विकास क्रम सुरु भयो ।
अहिले हामी नेपालमा धेरै आईएसपीकामार्फत घरघरसम्म इन्टरनेट सुविधा प्रयोग गरिरहेका छौं । १९६० मा आएर प्रविधिको आवश्यकताको युनाइटेड स्टेट अफ अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले जसरी महसुस ग¥यो सायद १९३९ मा दोस्रो विश्वयुद्ध नभएको भए महसुस गर्दैन थियो कि ?George Orwlle ले १९४५ मा कोल्ड वारको विषय यदि हाम्रो मानसपटलमा नकोरिदिएको भए कम्प्युटर नेटवर्कको विकास हुन्थ्यो वा हँुदैनथियो त्यो त छलफलको विषय रह्यो नै । जे होस् आज तपार्इं हामी मोबाइलबाट जसरी संसार नियालिरहेका छौं । सम्भवतः दोस्रो विश्वयुद्ध र कोल्ड वारबाट भएको जबर्जस्त विकास नै हो सायद ।
क्रमशः
प्रतिक्रिया