देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जीबी राईलाई पक्राउ गर्न इन्टरपोलद्वारा नोटिस जारी

देशान्तर

काठमाडौं । सहकारी ठगीमा फरार रहेका जीबी राईलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलले नोटिस जारी गरेको छ ।

इन्टरपोलले केही दिनअघि राईसहित फरार रहेका उक्त सहकारीका केही पदाधिकारीका नाममा डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।

यसअघि नेपालस्थित प्रहरी प्रधान कार्यालय मातहत रहेको नेशनल सेन्ट्रल व्युरो (एनसीबी)ले इन्टरपोललाई नोटिस जारी गर्न पत्राचार गरेको थियो ।

राई सुदर्शन सहकारीका अध्यक्ष हुन् । राईसँगै पूर्वअध्यक्ष भुपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ