देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानलाई हराउँदै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

देशान्तर

आइसीसी यू १९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको छ । अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर ४४.४ ओभरमा पूरा गरेको हो ।

समूह डीको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेसँगै नेपालले सुपरसिक्सको यात्रा तय गरेको हो । यो समूहबाट पाकिस्तान र न्युजिल्याण्डले यसअघि नै सुपर सिक्सनको यात्रा तय गरिसकेका छन् । समूह चरणबाट विदा भएको अफगानिस्तानले १३ औं स्थानका लागि प्रतिस्पर्धा गर्ने छ ।

दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा सवै विकेट गुमाएर १४५ रन बनाएको थियो ।

८८ रन बनाउँदा ८ विकेट गुमाएको अफगनिस्तानले नवौं विकेटका लागि फरिदोन दाओदाजी र नासेर खानले ५५ रनको साझेदारी गर्दै अफगनिस्तानले अघि बढाएका थिए ।

अफगानिस्तानका कप्तान नासेरले ३१ तथा एम गजनफारले ३७ रन जोडे । यसैगरी हसन इसाखिलले २०  रन जोड्दा अन्त्यमा फरिदोनले २९ रनको पारि खेलेपछि अफगानिस्तानले फाइटिङ स्कोर खडा गर्न सफल भएको थियो ।

नेपाली बलरले २१ रन अतिरिक्त दिएका थिए ।

अफगानिस्तानलाई रोक्ने क्रममा आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चिएर ५ विकेट लिए । यसैगरी दीपेश कँडेलले २ विकेट लिँदा गुलसन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए ।

१४६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मुस्किलले जित निकाल्न सफल भयो । व्यक्तिगत १० रन बनाएर अर्जुन कुमाल आउट भएपछि नेपालको विकेट पतनका शृंखला सुरु भएको थियो । त्यसलगत्तै गुलसन झा व्यक्तिगत १ रन बनाएर पभेलियन फर्किए ।

२४ रन बन्दा नेपालले तेस्रो विकेट खेर फाल्न पुग्यो । नेपालका विपिन रावल २ रन बनाएर आउट भएका थिए । देव खनाल र आकाश त्रिपाठी मिलेर नेपालको स्कोर बोर्ड चलायमान बनाए । यी दुईबीच ९० बलमा ४९ रनको साझेदारी भएको थियो । चौथो विकेटको रुपमा आकाश त्रिपाठी व्यक्तिगत १६ रन जोडेर आउट भएका थिए । पाँचौं विकेटको रुपमा दीपक डुम्रे ५ रन बनाएर आउट भएका थिए । यस्तै छैटौं विकेटको रुपमा दीपेश कँडेल आउट हुँदा उनको ब्याटबाट ४ रनमात्र बन्यो । एक छेउँमा अडिएका कप्तान देव खनालले अर्धशतकीय पारि खेल्दै नेपाललाई अघि बढाएका थिए । उनी सातौं विकेटको रुपमा टिमको स्कोर १२७ रन पुगेको थियो । खनालले ८९ बल फेस गर्दा ७ चौका प्रहार गर्दै ५८ रनको पारि खेलेर पभेलियन फर्किए । 

अन्त्यमा दीपक बोहोरा र सुवास भण्डारी मिलेर नेपाललाई अफगानिस्तानविद्ध जित नजिक लगेका थिए । जितका लागि ६ रन आवश्यक परेका बेला दीपक बोहोरा ४२ बलमा २७ रन बनाएर आउट भएका थिए ।  अन्त्यमा सुवास भण्डारी र तिलक भण्डारीले नेपाललाई जित दिलाए । सुवास ९ तथा तिलकले खाता नखोलेर नटआउट रहे ।

अफगानिस्तानका फरिदोनले ३ विकेट लिँदा खलिल अहमद, र नासेर खानले दुई दुई विकेट लिए ।