देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एएफसी एसियन कप : अन्तिम १६ को टुंगो

देशान्तर

काठमाडौं । कतारमा जारी एएफसी एसियन कप फुटबलमा प्रि–क्वाटरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ । बिहीबार राति समूह एफका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको हो ।

समूह एफको अन्तिम खेलमा कीर्गिस्तान र ओमानले एक एक गोलको बराबरी खेल्दा साउदी अरेविया र थाइल्याण्डले पनि गोलरहित बराबरी खेले । साउदी अरेविया शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्दा थाइल्याण्ड दोस्रो स्थानका साथ नकआउट चरणमा प्रवेश गर्न सफल भयो समूह एबाट कतार र ताजकिस्तान अन्तिम १६मा प्रवेश गर्दा समूह बीबाट अस्ट्रेलिया र उज्वेकिस्तान प्रवेश गरे ।

यसैगरी समूह सीबाट इरान र युएई पुग्दा समूह डीबाट इराक र जापानले स्थान सुरक्षीत गरे । समूह ईबाट बहराइन र दक्षिण कोरियाले अन्तिम १६ मा प्रवेश पाउँदा समूह एफबाट साउदी अरेविया र थाइल्याण्डले स्थान पक्का गरे ।

यसैगरी उत्कृष्ट तेस्रो हुँदै समूह बीबाट सिरिया, समूह सीबाट प्यालेस्टाइन डीबाट इन्डोनेशिया समूह ईबाट जोर्डनले पनि नकआउट चरणमा स्थान पक्का गर्न सफल भए ।

नकआउट चरणमा अस्ट्रेलिया र इन्डोनेशिया आमने सामने हुँदा ताजकिस्तानले युएईसँग खेल्ने छ । यो खेल आइतबार हुने छ ।

यसैगरी सोमबार इराक र जोर्डन तथा कतार र प्यालेस्टाइनको खेल हुने छ । यस्तै, मंगलबार उज्वेकिस्तान थाइल्याण्ड तथा साउदी अरेविया र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुने छ ।

प्रि क्वाटरफाइनल अन्तर्गत बुधबार अन्तिम २ खेल हुने छन् । जसमा बहराइन र जापान तथा इरान र सिरिया आमने सामने हुने छन् ।