काठमाडौँ। दक्षिण अफ्रिकामा जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले यस खेलमा टस जितेको छ ।
नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै पाकिस्तानले पहिला बलिङ गर्ने भएको छ । नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।
प्रतिक्रिया