काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको पार्किङ निषेधको विरोधमा व्यापारीहरूले आज बुधवार पनि विरोध प्रदर्शन गरेका छन् । धर्मपथ, जुद्ध सालिक देखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङहरुमा निषेध गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाले माघ ९ गते देखि लागू हुने गरी नयाँ सडकका क्षेत्रहरूमा पार्किङ हटाउने निर्णय गरेको थियो ।
बुधवार उनीहरूले सम्पूर्ण व्यावसायिक प्रतिष्ठानहरू बन्द गरी न्युरोड जुद्ध सालिकमा भेला भई विरोधसभा आयोजना गरेका हुन् ।
प्रतिक्रिया