काठमाडौँ । महानायक राजेश हमाललाई ब्राण्ड एम्बास्डर बनाएको सुर्योज्योति लाइफ इन्स्योरेन्सबाट बिमा गराएका बिमितहरुले आफू ठगिएको बताएका छन् । लाभग्राही मध्य एक जना भक्तपुरका नेपाली काँग्रेसका युवा नेता अङ्गत खड्काले सुर्योज्योति लाइफ इन्स्योरेन्सले आफूलाई ठगेको बताएका हुन् ।
उनले २०७७ मा १२ लाखको बिमा गराएको र दुई किस्ता बापतको रकम करिब तिन लाख बुझाई सकेको र त्यसबिचमा मेनेन्जाइटिसबाट आफू पीडित भएर उपचार गराई आराम भएपछि घातक रोगको लागि बिमा दाबी गर्न सुर्योज्योतिमा प्रमाणित कागजपत्र पेस गरेको तर सुर्योज्योतिले आलटाल गरेपछि बिमा प्राधिकरणमा निवेदन दिएको बताए ।
प्राधिकरणले सुर्योज्योतिले खडकालाई बिमा बापतको रकम उपलब्ध गराउनु पर्ने निर्णय गर्दै निर्देशन दिएको थियो । तर सुर्योज्योतिले प्राधिकरणको निर्णय पछि पनि आलटाल गरेको र ३५ दिनको समय माग गरेपछि आफू शाखा कार्यालय मुख्य कार्यालय धाउँदा धाउँदा आजित भएको खडकाले बताए । हाल यो विषयमा सुर्योज्योतिले उच्च अदालतमा मुद्दा दायर गरेको छ । गत पौषमा दायर मुद्दा अहिले विचाराधीन छ । बिमितले पाउनु पर्ने बिमा बापतको रकम नदिएर बिमा प्राधिकरणको निर्णय विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेर लाभग्राहीलाई ठगी गरेको खडकाको भनाई छ । उनले सुर्योज्योतिले आफूलाई मात्र दुख नदिएर अरूलाई पनि दुख दिएको पाएको देशान्तरलाई बताए ।
सुर्योज्योति इन्स्योरेन्सका सूचना अधिकारी उमेश प्रसाद मैनालीसङ यसबारेमा प्रतिक्रिया लिँदा उनले यसको प्राविधिक पक्षबारे आफूलाई धेरै जानकारी नभएको तर बिमालेखका योजना र सर्तहरू केही नमिलेको हुन सक्ने बताए । उनले बिमा प्राधिकरणको निर्णय चित्त नबुझेकोले कम्पनी अदालत गएको र अब अदालतको फैसला आएपछि कम्पनी आदेश अनुसार अगाडी बढ्ने बताए ।
प्रतिक्रिया