देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रकम अपचलन गर्नेहरूले नै समस्या समाधान गर्नु पर्छ : राणा

देशान्तर

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छिन् । आइतबार समितिको बैठकमा उनले सहकारीपीडितको समस्या राज्यले समाधान गर्नुपर्ने विषय बाहिर आएको उल्लेख गरिन् । राज्यले नभएर रकम अपचलन गर्नेहरूले नै समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिइन् ।
उनले राज्यले सबै पीडितहरुको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरुबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताइन् ।
सहकारीपीडितको समस्या राज्यले समाधान गर्छ भनेर बस्न नहुने उनले बताइन् ।
उनले सहकारीको समस्या समाधान गर्न नीतिगत सुधारका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षणपत्र लेखिने जानकारी गराइन् । प्रधानमन्त्रीको तहबाट नै सहकारी समस्या समाधानको उपाय निकल्न सक्ने अवस्था रहेको उनको भनाइ छ । उनले सहकारी ठगी र वचतकर्ताको रकम अपचलन वचतकर्ताहरुको जीवनसँग जोडिएकाले सरकारले गम्भीर भएर दोषीलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताइन् ।