देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउदी अरेबिया अन्तिम १६ मा

देशान्तर

एएफसी एशिया कप फुटबलमा साउदी अरेबियाले अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह एफमा रहेको साउदी अरेबियाले लगातार २ खेलमा जित निकाल्दै एक खेल अगाडि नै अन्तिम १६ मा स्थान पक्का गरेको हो । आइतबार राति भएको खेलमा साउदीले कीर्गिस्तानलाई २–० गोल अन्तरले पराजित गर्न सफल भयो । साउदी अरेवियाका लागि मोहमद इब्राहिम कान्नो र फैजल अल घमाडीले एक एक गोल गरे ।

कतारमा जारी प्रतियोगिता अन्तर्गत नवौं मिनेटमा कीर्गिस्तान १० खेलाडीमा सिमित भएको थियो । उसका ऐजर अकमातोवले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । १० खेलाडीमाथि सिमित साउदीले खेलको ३५ औं मिनेटमा मोहम्मदले साउद अब्दुल्लाह हमिदको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा फेरि कीर्गिस खेलाडीले रातो कार्ड पाएपछि ९ खेलाडीमा झरेको थियो । किमी मेर्कले रातो कार्ड पाए । ९ खेलाडीमा झरे पनि कीर्गिस्तानविरुद्ध साउदीले दोस्रो गोल गर्न भने ८४ औं मिनेट कुर्नु परेको थियो । साउदीका फैजल घमाडीले गोल गरेपछि २–० को जितका साथ अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो । यही समूहमा रहेका ओमान र थाइल्याण्डले भने गोलरहित बराबरी खेल्दै एक एक अंक लिएका छन् । ओमानले पहिलो अंक लिँदा थाइल्याण्ड भने अपराजित यात्रा कायम राख्न सफल भयो ।

यस लिगमा साउदी अरेविया ६ अंकका साथ शीर्ष स्थानमा रहँदा थाइल्याण्ड ४ अंकका साथ दोस्रो स्थानमा छ । यसैगरी ओमानको १ अंकमात्रै छ भने कीर्गिस्तानले खाता खोलेको छैन । समूह चरणको अन्तिम खेलमा कीर्गिस्तान र ओमान तथा साउदी र थाइल्याण्ड भिड्ने छन् ।