काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी छन् । उनी कतारको दोहाबाट हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका थिए । उनले सुनलाई तरल पदार्थको रूपमा लुकाएर ल्याएको त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले जनाएको छ ।
भन्सार चेकजाँचका क्रममा उनी आइतबार पक्राउ परेका हुन् । पक्राउ परेका दर्जीमाथि थप अनुसन्धान भइरहेको भन्सार कार्यालयका प्रवक्ता श्रीधर टण्डनले जानकारी दिए । दर्जीले पाइन्टको भित्रि भागमा सुनलाई गालेर ल्याएको खुलेको छ ।
प्रतिक्रिया