देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चौधरी, अर्बपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली

देशान्तर


काठमाडौं । नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलोपटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन् ।
हालै स्विट्जरल्यान्डको डाभोसमा जारी सो मञ्चको मुख्य प्यानलमा पहिलो पटक चौधरीले प्यानल डिस्कस गरेका हुन् ।
उनले सो संवादको क्रममा हिमालय क्षेत्रका पानी र बिजुली उत्पादनको विषयलाई मुख्य जोड दिएका छन् । उद्योगपति चौधरीले नेपालको हिमालय क्षेत्रको पानीले संसारका करिब दुई अर्ब मानिसलाई जीवन दिन सक्ने जानकारी गराएका छन् ।

‘विश्वभरि पानीको संकट बढिरहेको छ, त्यस सन्दर्भमा नेपालको हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको सदुपयोग गर्ने हो भने विश्वका करिब २ अर्ब मानिसलाई पानी दिलाउन सकिन्छ,’ उनले सो फोरममा भने, ‘साथै, नेपालमा झन्डै १ लाख मेघावट बिजुली उत्पादन गर्न सकिनेछ तर हामी अहिले २–३ हजार मेगावटमात्रै उत्पादन गरिरहेका छौं, यसमा लगानी बढाउन सकिन्छ ।’
दक्षिण एसियाका देशहरूमा बिजुली बेच्न सकिनेदेखि त्यहाँ रहेको जनसंख्याको ठूलो हिस्सालाई मध्यनजर गरेर बजार विस्तार गर्न सकिने सम्भावनाका बारेमा पनि चौधरीले जोड गरेका छन् ।