देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन् १९९० पछि इन्टरनेटको विकास




यस अगाडिको स्तम्भमा मैले नारायण नारायण भनेर पौराणिक कथामा सुन्दै आएको सन्देश प्रवाहको हाम्रो मानसपटलदेखि गैरमौखिक चालढालबाट अनुभूत गरिने सञ्चारको प्रतिबिम्ब, छापा माध्यम र रेडियो ब्रोडकास्टिङको विकासको सन्दर्भमा चर्चा गरे । Jems Clerk Maxwlle ले १८६४ मा विज्ञानमा तरंगको साध्य र गणितीय खोजबाट ल्याएको विज्ञान प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको विकास क्रममा ल्याएको परिवर्तनको उठान गरेको थिए ।


Eectromagnetic Wave Propagation ले प्रकाशको गतिसँगै प्रवाह हुन सक्ने सञ्चार प्रविधिको विकास गर्न सहयोग पु¥यायो । वैज्ञानिक निकोलाटेस्लाले जग हालेको वायरलेस कम्युनिकेसनले रेडियो फ्रिक्वेन्सी बोडकास्टिङको विकास सुरु गरायो र अन्ततः १४ फेब्रुअरी १९२२ लन्डनको रेडियो प्रसारण सेवा र १३ फेब्रुअरी १९४६ मा युनाइटेड नेसन रेडियोको जन्म भयो । रेडियोको विकासक्रमसँगै दूरदर्शन सेवाको विकास भयो भने सन् १९९० को दशकपछि त इन्टरनेटको विकासका कारण नयाँ धरातलीय सञ्चार प्रविधिको विकासक्रम सुरु भयो ।


यस्तो अवस्थामा पुरानो ब्रोडकास्टिङ प्रविधि यथास्थितिमा रहला त भन्ने गम्भीर सबाल उठेको छ । अति विकसित देशको सरकारले जसरी पुराना प्रविधिको संरक्षणका लागि आफ्नो दायित्व निर्वाह गरिरहेकै छन् । तर के नेपाल सरकारले पनि पुरानो प्रविधिको संरक्षण र सदुपयोग गर्ला, हेर्ने र बुझ्ने दिन आउँदै छ । यद्यपि सञ्चार क्षेत्रमा आबद्ध विभिन्न संघसंस्थाको क्रियाशीलताले पनि यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । नेपाल आफैमा जटिल राजनैतिक परिवेश भएको देश हो न यहाँ राजनीतिक स्थिरता छ न त प्रशासनिक संयन्त्र नै राजनीतिप्रति उत्तरदायी छ । यस्तो अवस्थामा नेपालजस्तो देशमा हाल भइरहेका ब्रोडकास्टिङ संस्थाहरू सुरक्षित राख्न हामी सबै सचेत हुन जरुरी छ भने बिस्तारै नयाँ प्रविधिसँग वर्तमान अवस्थामा रहेका उद्योगी, सञ्चारकर्मी र यसमा आबद्ध सबैको विकासका लागि भूमिका खेल्नुपर्ने देखिन्छ ।


तामाको तारलगायत ठोस भौतिक माध्यममार्फत हुने सञ्चार क्षेत्रमा पनि विस्तारै परिवर्तन आइरहेको छ । ‘क्याट फाइभ क्याट सिक्स क्याट सेभेन’ हुँदै अहिले अप्टिकल फाइबरले तामालाई विस्थापित गर्दै गइरहेको छ भने डाटा भोलुम कसरी कुन माध्यमबाट धेरै पु¥याउन सकिन्छ भन्ने प्रविधि विकासमा काम भइरहेको छ । यसरी एनालग ब्रोडकास्टिङ अब डिजिटल ब्रोडकास्टिङमा रूपान्तरित मात्र हुँदै गएका छैनन्, सञ्चार जगत्को यथास्थितिमा रहेका माध्यमहरू पनि रूपान्तरित हुँदैछन् । वायरलेस प्रविधितर्फ टु जी थ्री जी गर्दै फाइभ जी र डाटा भोलुम कसरी धेरै पु¥याउन सकिन्छ भन्ने प्रविधि विकासमा काम भइरहेको छ । वायरलेस कम्युनिकेसनबाट कम्प्युटर वेस्ट टेक्नोलोजीका विद्युतीय उपकरणमार्फत सूचना आदानप्रदान गरिने प्रविधि नै अबको सञ्चार क्षेत्रको भविष्य बन्ने निश्चित प्रायः भइसकेको छ ।
क्रमशः