काठमाडौं । राष्ट्रिय सभा चुनावको प्रचार प्रसारका लागि नेपाली कांग्रेस प्रदेशस्तरमा जाने भएको छ । कांग्रेसले गठन गरेको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको शनिबार बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरण गर्नका लागि विभिन्न प्रदेशमा जाने निर्णय गरेको हो ।
केन्द्रीय समन्वय समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षताम बसेको बैठकमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरुसँग छलफल भएको थियो । छलफलपछि समन्वय समितिको टोलीले प्रदेशस्तरमा जाने निर्णय गरेको हो । फागुनमा अवधि पूरा हुन लागेका १९ सदस्यको ठाउँमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले आपसमा तालमेल गरेका छन् । तालमेलमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एक सिट लिएका छन् ।
प्रतिक्रिया