देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका दुई वटा नयाँ शाखाहरु विस्तार

देशान्तर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका–३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका–२९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएको हो । यी दुई शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले गरेका हुन् । पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुले उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु पाउने विश्वास व्यक्त गरे ।

काठमाडौं उपत्यकामा चाँडै नै थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको बैंकले जनाएको छ ।