काठमाडौं । शुक्रवारदेखि १५औं संस्करणको आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिकामा सुरु हुँदैछ । विश्वकपको पहिलो खेलमा आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दैछन् । उक्त खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।
यो विश्वकपमा नेपालसहित १६ वटा टोली सहभागिता छन् । प्रतियोगितामा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘डी’ मा परेको छ । नेपाल रहेको समूहमा पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तान छन् । नेपालले पहिलो खेल आइतबारमा न्यूजिल्याण्डसँग खेल्नेछ ।
नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र जनवरी २६ पाकिस्तानको सामना गर्नेछ ।
प्रतिक्रिया